समय : ०२:४७ pm | बिहिबार , फागुन १ गते २०८१

योजना माग्दै टोल–टोलमा वडा अध्यक्ष

राधिका भुषाल | जेठ ३१ गते २०८०

आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न  यति बेला वडा अध्यक्षआफ्ना टोल–टोलमा पुगेका छन् ।जनताको मागलाई सम्बोधन गर्ने बाचा सहित निर्वाचित भएका वडा अध्यक्षहरु ति जनताको आवस्यकता लाई मध्यनजर गरी योजना छनोट गर्न पुगेका हुन। जिल्लाका हरेक पालिका वडा मार्फत योजनाका लागि प्रत्यक्ष जनतासँग छलफल गरी टिपोट गर्दै बस्ति बस्तीमा पुगेका छन।

आफ्नो वडालाई समृद्ध वडा बनाउन जनस्तरबाटै योजना छनोट गरि काम गरिरहेको प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठले बताए।‘नगरपालिका बाहेक संघ, प्रदेश र विभागीय कार्यलयसम्म योजना फाइल बोकेर पुगेको छु’– अध्यक्ष श्रेष्ठले भने–‘आगामी वर्ष जनताले प्रत्यक्ष प्रत्याभुत हुने गरि रिजल्ट आउने छ ।’ चालु आर्थिक वर्षमा पनि आफ्नो वडामा राम्रै योजना पार्न सफल भएको उनले बताए । हाल वडामा ९५ प्रतिशत योजनाका काम सम्पन्न भइ सकेको उनको भनाइ छ ।

माण्डवी गाउँपालिकाको वडा -३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले   जनताको मागअनुसार आफूहरुले काम गर्ने भएकाले उनीहरुको वास्तविक चाहना बुझ्न घरदैलोमा गएको बताए।‘प्राथमिकता र आवश्यकताका आधारमा योजनाहरु छनोट गरी काम गरिन्छ’, अध्यक्ष कार्कीले ‘खानेपानी, सडक, शिक्षा, स्वास्थ्य,  सरसफाइलगायतका समस्या बढी टिपोट हुने गरेका छन् ।’

गौमुखी गाउँपालिका वडा–२ अध्यक्ष बरुणध्वज मल्ल यतिबेला  टोल–टोलमा गएर प्रत्यक्ष भेटघाटमार्फत योजनाहरु टिपोट गर्ने काम भएको बताए।चालु आर्थिक वर्षमा अधिकांश योजना सम्पन्न गरेको वडा अध्यक्ष मल्लले बताए।जिल्लाको माननीय संसदहरुलाई आफुले ठुला  योजनाको फाइलहरु प्रदेश र संघ कार्यालयमा पठाएको मल्लको भनाई छ।

आगामी आर्थिक बर्षको लागि संघीय समपुरक बजेट ५० लाख र गाउँपालिका बाट ५० लाख गरि १ करोडको योजना परिसकेको मल्लरानी गाउँपालिका-३ वडा अध्यक्ष नोमराज पौडेलले बताए।नयाँ आर्थिक बर्ष सुरु हुँदै लागेको बेला जनताको घर दैलोमा पुगी   प्रत्यक्ष अवलोकन गरी समस्या समाधानको लागि आफु लागि परेको उनले बताए।

यसै गरि प्युठानको नौ वटै स्थानीय तहका ६४ वटै वडा अध्यक्षहरु यतिबेला योजना छनोटमा टोल टोलमा पुगेका छन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्