समय : ०७:१७ pm | बिहिबार , माघ ८ गते २०८२

सरुमारानीमा शिक्षकहरुको क्षमता विकास तालिम सुरु

लव कुमार अधिकारी | जेठ ५ गते २०८०

सरुमारानी गाउँपालिकाले सूचना तथा सन्चार प्रविधि (ICT )सम्बन्धी तालिम शुक्रबारदेखि सुरु गरेको छ।

गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षता शुक्रबार देखि सुरु भएको तालिम मंगलबार समापन हुने गाउँपालिका सुचना अधिकृत शिवराज न्यौपानेले बताए।“शिक्षण सिकाइमा ICT लाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित हुनेछ। “ उक्त ५ दिने ICT तालिममा  गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका ICT focal शिक्षकरूलाई तालिम दिन लागिएको सुचना अधिकृत न्यौपानेले स्वर्गद्वारी अपडेट लाई जानकारी दिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले तालिमको उद्घाटन गरेका थिए। तालिमको प्रशिक्षण विगत लामो समयदेखि शैक्षिक तालिम केन्द्र नेपालगन्जमा प्रशिक्षकका रूपमा कार्यरत होमराज खड्का र गाउँपालिकामा कार्यरत IT officer शिवराज न्यौपानेले बताए ।

यो पनि पढ्नुहोस्