सन्तोष सुनार प्युठान ।
जिल्लाको ऐरावती गाउपालिकामा मलामी गएका मलामीहरु मौरीहरुको टोकाईबाट १२ जना घाई २ गम्भिर भएका छन ।
शनिवार ऐरावति गाउपालिका २ वर्ष ८३ का चुर्ण नेपालीको मुत्यु पछि दाहासंस्कारका लागि घाटमा लग्दा खेरि बाटोमा भिरमौरीले टोकेर मलामीहरु घाईते भएको वडाअध्यक्ष भिमेश कुमार घर्तिमगरले जानकारी दिनुभयो।
दुईजना गम्भिर घाईते विरामीहरुलाई उपचारको लागि जिल्ला अस्पताल विजुवार लगिएको र दशजना ऐरावति२ मा रहेको स्वास्थ्य चौकि चौकीमा उपचार पछि सामान्य रहेको वडाअध्यक्ष घर्तिमगरले बताउनुभयो ।
यो घटना विहान करिव १० वजे घटेको हो । उक्त स्थानमा मौरी घुमिरहेकाले त्यसबाटो हुदै आवतजावत गर्न स्थानीयहरू त्रसित भएका छन ।








