समय : ०७:३१ pm | शुक्रबार , चैत्र ६ गते २०८२

रुकुमपूर्वमा जीप दुर्घटना हुँदा ९ जना घाइते

स्वर्गद्वारी अपडेट | वैशाख २४ गते २०८०
 स्वर्गद्वारी अपडेट समचार डेक्स ।   रुकुमपूर्व भूमे गाउँपालिका-८ सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  आइतबार बिहान करिब ९ बजेको समयमा भूमे-९ चुनबाङबाट जिल्ला सदरमुकाम रुकुमकोट आउने क्रममा सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।जीपमा १२ जना सवार रहेका मध्ये घाइते हुनेमा भूमे-८ का १७ वर्षीया चन्द्रकुमारी पुन, सोही वडाका २० वर्षीया लक्ष्मी बिक, १० वर्षीय भरत खड्का, भूमे-९ का १८ वर्षीया प्रमिला पुन मगर, १९ वर्षीया रिमा बुढा मगर, १९ वर्षीय गङ्गा बुढा, १९ वर्षीया नर्मिता पुन यसैगरी रोल्पा जिल्ला परिवर्तन गाउँपालिका-६ का २१ वर्षीय आभाष बुढा मगर र परिवर्तन-४ का १९ वर्षीय कमला रोका रहेको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिनुभयो । सबैको अवस्था मध्यम रहेको निमित्त प्रजिअ आचार्यले बताउनुभयो ।  घाइतेलाई रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचारत छन् । चालक, सहचाल र एक यात्रुकोको अवस्था सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना भएको हो । सडकदेखि करिब ५ मिटर तल जीप खसेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा जीपको स्टे्ररिङले काम नगर्दा दुर्घटना हुन सकेको अनुमान गरेको छ ।

यो पनि पढ्नुहोस्