समय : ०९:०८ pm | शुक्रबार , चैत्र ६ गते २०८२

ट्राफिक प्रहरीद्वारा सवारी दुर्घटना सम्बन्धि जनचेतना मुलक कार्यक्रम

स्वर्गद्वारी अपडेट | वैशाख २२ गते २०८०
सन्तोष सुनार प्युठान ।ट्राफिक  प्रहरीद्वारा सवारी दुर्घटना सम्बन्धि जनचेतना मुलक कार्यक्रम प्युठानमा सन्चालन गरेको छ । जिल्लामा प्रहरी कार्यालय प्यूठानको मातहतहरुबाट आआफ्नो वडाका क्षेत्रमा ट्राफिक प्रहरी सहितको टोली खटी गई चालक, सहचाल, यात्रुहरु तथा बिद्याल जादै गरेका बिद्यार्थीहरुलाई, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिले सवारी साधन नचलाउने, बाइकमा अनिवार्य हेलमेट लगाउन , सिट क्षमता भन्दा बढी, झुण्डियर, छतमा यात्रु राखी जोखिम पुर्ण यात्रा नगर्नेर नगराउने सर्वसाधरणलाई सचेतना मुलक सम्बन्धि जानकारी दिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक चन्द्र केसीले जानकारी दिनुभयो । यात्राको क्रममा कुनै समस्या भएमा प्रहरी कन्ट्रोल १०० र ट्राफिक प्रहरी कन्ट्रोल १०३ मा कल गर्न सर्वसाधरणलाई आग्रह समेत गरेको बताउनुभयो । यस्ता कार्यले गर्दा जिल्लामा दुर्घटना न्युन हुने समस्याहरु प्रति सचेतना हुने जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

यो पनि पढ्नुहोस्