केशर सुनार प्युठान । प्युठान नगरपालिका ३ बिजयनगरमा वडा स्तरीय बाल सन्जाल गठन गरिएको छ।

बिहीवार बिजयनगर वडा कार्यालयमा भएको कार्यक्रममा सन्ध्या नेपालीको अध्यक्षतामा १३ सदस्यीय बाल संजाल गठन गरिएको हो ।
प्यूठान नगरपालिका३ का वडा अध्यक्ष तथा नगरप्रवक्ता सुमनराज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको हो । अध्यक्ष तथा नगरप्रवक्ता श्रेष्ठले बालबालिका राज्यको भबिष्यको बलियो कर्णधार तथा शक्ति भएकोले बालिबालिकाको हकहितको लागि सन्जाल गठन गरिएको बताउनु भएको छ । बालबालिकालाई सक्रिय र उनिहरुको लक्ष्यलाई केन्द्रित बनाई भविष्य उज्जवल बनाउनका लागि वडा कार्यलय तथा नगरपालिकाबाट बाल सन्जालको पक्षमा बजेट तथा कार्यक्रम बनाउन तयार रहेको बताउनु भएको छ । बाल सन्जाललाई चलायमन तथा सङ्गठनमा आबद्र रहेका पदाधिकारीलाई सक्रिय बनाई बालबालिकाहरुको हक र हितका लागि आफु लड्ने नव निर्वाचित अध्यक्ष सन्ध्या नेपालिको भनाई रहेको छ ।