समय : ०९:०६ pm | शुक्रबार , चैत्र ६ गते २०८२

माण्डविमा तीनदिने प्रस्तावना लेखन सम्बन्धि तालिम सम्पन्न

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८०
सन्तोष सुनार प्युठान । जिल्लाको माण्डवि गाउपालिकामा महिला सहकारी संस्थाका सदस्यहरुलाई तीनदिने प्रस्तावना लेखन  सम्बन्धि तालिम सम्पन्न भएको छ ।          परियोजना प्रस्ताव प्रपोजल लेख्न सक्ने जनशक्ति तयार गर्न  वैशाख १२ गते मङ्गलवार देखि सन्चालन भएको तालिम वैशाख १४गते विहिवार सम्पन्न भएको हो । तालिमको समापनमा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले तालीमवाट प्राप्त ज्ञान व्यबहारमा लागू गर्नुपर्ने  बताउनु भएको छ । सहकारी मार्फत समाजलाई जागरुक गराउदै आर्थिक उत्पादनमा केन्द्रित हुन पर्नेमा विशेष जोड दिनुपर्ने अध्यक्ष अधिकारीको भनाई रहेको थियो । तालिममा गाउपालिकाको प्रत्येक वडामा रहेका महिला सहकारी संस्थाका २० जनाको सहभागिता रहेको थियो । । तालिममा सहभागीहरुलाई परियोजना प्रस्ताव प्रपोजल लेख्न प्रशिक्षण सामुहिक अभियान काठमान्डौँका प्रशिक्षक शालिकराम कालाथोकी गर्नु भएको हो । तालिमको बिषयबस्तुमाथी प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले प्रकाशन पार्नु भएको थियो भने संचालन दाम बहादुर कार्किले गर्नु भएको थियो।  

यो पनि पढ्नुहोस्