लव कुमार अधिकारी
प्यूठान जिल्लालाई चिनाउने समग्र जिल्लाको आशाको केन्द्र हो स्वर्गद्वारी।स्वर्गद्वारी नेपालको सात धाम मध्येको एक हो। समुद्री सतहबाट २ हजार १ सय २२ मिटरको उचाइमा छ।जँहा सयौं बर्षदेखी वैदिक संस्कार बाँचिरहेको छ।स्वर्गद्वारी नगरपालिका -२ मा अवस्थित पश्चिम नेपालको धार्मिक तथा पर्यटकीय प्रसिद्ध तीर्थस्थल हो।स्वर्गद्वारी हिन्दुहरुको आस्थाको केन्द्रविन्दु पनि हो।स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ।स्वर्गद्वारीको पसिरबाट धौलागिरि, नीलगिरि, माछापुच्छे्, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लुलगायत हिमशृंखला देख्न पाईन्छ ।स्वर्गद्वारीमा मुलुकभरका दर्शनार्थीसंगै भारतको विभिन्न ठाउँबाट दर्शनार्थीहरु दैनिक रुपमा घुईचो लाग्छ।स्वर्गद्वारीमा प्रत्येक बर्ष बैशाखे पूर्णिमामा ठूलो मेला लाग्दछ ।बैशाखे पूर्णिमासंगै रामनवमी, शिवरात्रि, गूरुपूर्णिमासंगै साउन र पुष महिना र माघे संक्रान्तिमा दर्शनार्थीको भिड हुने गर्दछ।पछिल्ला वर्षहरुमा स्वर्गद्वारीमा दर्शनार्थीहरुको भिड बढ्दैछ।

जतिजति माथि उक्लंदै गयौं उतिउति रमाइला दृष्य देखिन्छ। पुस १५ देखि माघ १ गतेसम्म भारतीय दर्शनार्थीहरु स्वर्गद्वारीमा बढी आउने गर्दछन्।यो १५ दिनलाई भारतीय दर्शनार्थी आउने दिन भनेर पनि चिनिन्छ। आश्रम परिसरमा नै भण्डार घर, पुस्तकालय भवन, वेदाश्रम, कुटीलगायतका संरचना पनि छन।स्वर्गद्वारीको अर्को आकर्षण यहाँस्थित गौशाला पनि एक हो।त्यहाँ बलिरहेको आगो महाप्रभुले आफ्नो मन्त्रको प्रभावमा प्रज्ज्वलित गरेको भन्ने जनविश्वास रहेको छ।यहाँको महत्त्वपूर्ण विशेषता महायज्ञमा बालिएको धुनी हो।त्यहाँ बलिरहेको आगो शदाब्दीभन्दा अघि देखिको हो।स्वर्गद्वारीसँगै जोडिएको हरियो वनले थप सुन्दरतामा देखिन्छ।जाडो मौसममा हिउँ पर्ने गर्मी मौसममा शीतलता दिने आनन्दको महसुस हुन्छ ।यस स्थानको प्राकृतिक सौन्दर्यताको बेग्लै आकर्षक छ । बेला-बेलामा आउने हावाका झोंक्काले उडाउला झै नै गर्छ। स्वर्गद्वारीको डाडा बाट फेद तिर देखिने फाँटमा बाक्लो वस्ती अनि आखाँले देखेसम्मका भित्तामा सडकका धर्सा जस्तो गोरेटो बाटोहरु हेर्न सकिन्छ।पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको किम्बदन्ती छ ।पुराण अनुसार पाँचपाण्डवले स्वर्ग जाँदा अन्तिममा प्रयोग गरेको बाटो मानिंदै स्वर्गद्वारी नाम रहन गएको हो।रोल्पा र प्युठान छुट्याउने दोबाटो जस्पुरबाट १८ किलिमिटरको यात्रा पछि स्वर्गद्वारी प्रवेश द्वारा भिंग्री पुगिन्छ।भिंग्री बाट घुमाउरा नागबेली बाटो हुदै १३ किलिमिटरको यात्रा पछि स्वर्गद्वारी मन्दिरको मूल प्रवेशद्वारामा पुगिन्छ।करिव ३० मिनेटको उकालो पैदल यात्रा पछि स्वर्गद्वारी मुख्य मन्दिरमा दर्शन गर्न पुगिन्छ।मन्दिर परिसरमा गुन्जिरहने वेदध्वनिले दर्शननार्थीहरुले बेग्लै आनन्दको महशुस गर्नेछन।यहाँ रहेको प्रभू गुफा अर्थात् महाप्रभूको समाधि स्थल पनि देख्न सकिन्छ।

फागुन/चैत्र महिनामा पुग्ने पर्यटकहरुले बनै ढाक्ने गरि फुलेका लालीगुरास फुलको दृष्यावलोकन र काफलको स्वाद समेत लिन पाईनेछ।स्वर्गद्वारीको फेदमा रहेको मगर जातिहरुले संचालनमा ल्याएका होमस्टे छ।जहाँ आफ्नो मौलिकता झल्कने पोसाक ,स्थानीय नाँच र लोकल खाना अनि आत्मीय गाउँलेहरु भेटिन्छन। स्वर्गद्वारी नगरपालिका भित्र अन्य मनोरन्जन गर्ने धेरै ठाउँहरु छन्।नजिकै रहेको चिल्ड्रेन पार्क, भिंग्रीमा निर्माण भएको सूचना प्रविधि पार्क पनि छन।अझ लोभलाग्दो प्राकृतिक रुपमै विभिन्न आकृतिमा सजिएको सारीको भु–वनोट अवलोकन गर्ने पर्यटकहरुको ठुलो घुईचो लाग्दछ। यही दिव्य सुन्दरता र चुम्बकीय आकर्षणले गर्दा स्वर्गद्वारी एउटा ‘ड्रिम डेस्टिने शन’ पनि हो
।लेखक रेडियो स्वर्गद्वारी एफ एम प्युठानको स्टेशन प्रमुख हुन् ।