समय : ०९:०६ pm | शुक्रबार , चैत्र ६ गते २०८२

जनश्रमदानद्वारा खोप क्लिनिक निर्माण हुदै

स्वर्गद्वारी अपडेट | वैशाख १३ गते २०८०

सन्तोष सुनार प्युठान । जिल्लाको नौबहिनी गाउपालिकामा  जनश्रमदानद्वारा  खोप क्लिनिक निार्माण हुदैछ ।

गाउपालिकाको वडा न ८ मा पर्ने फोप्ली स्वास्थ्य चौकी अन्तर्गत गैराथोकमा  सक्रिय स्वास्थ्य आमा समुह कुर्जेनि काउले , पालकट्रि स्वास्थ्य आमा समुह पालकट्रि, सिमखोला आमासमुह गैराथोक , हरियाली स्वास्थ्य आमासमुह क डाँडाथोक फोप्ली ,हरियाली स्वास्थ्य आमासमुह ख पुर्नागाउका पदाधिकारीहरु र फोप्ली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी मिलेर गाउँघर क्लिनिक तथा खोप क्लिनिकको कोठा निर्माण हुदै गरेको फोप्ली स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । बालबालिकाहरुलाई खोप लगाउन, गर्भवती महिलाहरुलाई चेकजाँच गर्न तथा अन्य स्वास्थ्य सेवा दिन आफ्नै भवन नहुँदा कठिन भएको कारणले करिब ९० जनाको सहभागिता श्रमदानमार्फत कोठा निर्माण गरिएको घिमिरेले बताउनुभयो । खोप क्लिनिकको कोठामा लगाउनेढोका लागि फोप्लीमा रहेको शिशिर फर्निचर उद्योगका सँचालक तथा समाजसेवी राम कुमार घिमिरेले उपलब्ध गराउनुभएको हो । श्रमदानमा उपस्थित सहभागीहरुलाई खाजाको लागि नौबहिनी गाउँपालिकाले सहयोग गरेको छ । गाउँघर क्लिनिक तथा खोप क्लिनिकको लागि बेड , कुर्चिहरु  गाउपालिकाले दिने जनाएको छ । अब थोरै केहिँ कामहरु बाँकी रहेको त्यसलाई केहिँ दिनमै सम्पन्न गर्ने स्वास्थ्य चौकिको एक  स्वास्थ्यकर्मीले बताउनु भयो । । उक्त ठाउमा स्थाइ भवन नबन्दा सम्म  बास र कुसुमले बारेको निर्माण हुदै गरेको कोठाबाट खेवा ग्राहिलाई सेवा दिइने छ । अवको समयमा गाउँघर क्लिनिक तथा खोप क्लिनिक सँचालन गर्दा सेवाग्राहिले सेवा लिँदा र स्वास्थ्यकर्मीले सेवा दिँदा बाहिर धुलो र चिसोमा बस्नुपर्ने छैन।

यो पनि पढ्नुहोस्