समय : १०:४२ pm | शुक्रबार , चैत्र ६ गते २०८२

प्युठान नगरपालिकाद्वारा  सरसफाई सामाग्रीहरु वितरण

स्वर्गद्वारी अपडेट | वैशाख १० गते २०८०
सन्तोष सुनार प्युठान । प्युठान नगरपालिकाद्वारा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सरसफाई सामाग्रीहरु वितरण गरिएको छ । आईतवार  प्युठान नगरपलिका ३ बिजयनगरको ओखरबोट र मान्द्रेचौरका सुनौलो हजार दिनको आमाहरुलाइ फिलटर, सरसफाइका सामाग्री संगै केहि आर्थिक सहयोग  वितरण  गरेको प्युठान नगरपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले  जानकारी दिनुभयो । भौगलिक विकटता र गरिवदुखिको आधरमा मान्द्रचौर र ओखरबोटलाई प्रथामिकमा राखेर उक्त ठाउमा रहेका सुनौलो हजार दिनको आमाहररु तथा बच्चाहरुलाई स्वस्थ राख्नको लागी सरसफाईका सामग्री वितरण गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता श्रेष्ठले बताउनुभयो । शरिर स्वस्थ तथा सरसफाईका लागि पानी सफा पिउनको लागि ४६ वटा फिल्टर , ४६ वटा हर्वल सावुन र शौचालय सरसफाईका लागि ४६ब्रस र ४६ वटा हार्विकस वितरण गरिएको प्युठान नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत चन्द्र बहादुर जिसीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । मान्द्रेचौर र ओखरबोटका दुइ बिधालय र स्वास्थ्य स्वयंम सेबिकालाइ पनि उक्त सुबिधा तथा खाजा खर्च  र भाडाको लागि आर्थिक वितरण गरिएको जिसीले बताउनुभयो । प्युठान नगरपालिकाका नगरवासीलाई स्वस्थ र समृद्र बनाउन स्वास्थ्य सम्बन्धि जनचेतना मुलक विभिन्न कार्यक्रमहरु तथा स्वास्थ्यको सरसफाईका लागि स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको र बाकि रहेका ठाउमा पनि उपलब्ध गराउन जमरकोमा लागेको स्वास्थ्य शाखा प्रमुख गोविन्द राज घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्