समय : १०:४७ pm | शुक्रबार , चैत्र ६ गते २०८२

आगोलागी पिडितलाई ग्लोबल ओरियन्सद्वारा राहत सहयोग

स्वर्गद्वारी अपडेट | वैशाख ८ गते २०८०

सन्तोष सुनार प्युठान । जिल्लाको प्युठान नगरपालिका ४ नयाँ बजार जुम्रिमा रहेको ग्लोबल ओरियन्स नेपाल प्रा. लि. र सृजन बहुउदेश्यीय प्रा.लिको समन्वयमा नौबहिनी गाउपालिका २ लिघा सिलिखनका आगलागि पिडित जय बहादुर पुनलाई शुक्रवार राहत वितरण गरेको छ ।

वितरण् गरेको राहतमा ५० केजि चामल , ५ केजि दाल , १० केजि तेल , एउटा त्रिपाल , चटाई र खाना पकाउने भाडाँकुडा तथा पानी खाने भाडाहरु वितरण गरेको ग्लोबल ओरियन्स प्राली नेपाल प्युठान विक्री कक्ष जुम्रीका वितरक लील बहादुर पुन मगरले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । पिडित पुनको घरमा गत चैत ३० मा आगोलागी भएको थियो ।                                             आगोलागी घर आगोलागी हुदा घरमा रहेका भाडाकुडा , अन्नपात र लत्ता कपडाहरु जलेर पुरै नष्ट भएको थियो । ग्लोबल ओरियन्स नेपाल प्रा. लि. जुम्री शाखाले प्युठान जिल्लामा रहेका खेलकुद हप्कीडो तथा दिनदुखिलाई सहयोग गदै आईरहेको विक्री कक्ष जुम्रीका वितरक पुनले बताउनु भयो ।

यो पनि पढ्नुहोस्