सन्तोष सुनार ,प्युठान l झिम्रुक गाउँपालिका अन्तर्गत रहेको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मन्दिर तोडफोड भएको छ l

झिम्रुक गाउँपालिका -५ र ३ मा रहेको ऐतिहासिक तथा पुरातात्त्विक मन्दिर खड्क मन्दिर कोट परिसरमा विभिन्न संरचनाहरू पुनर्निर्माणको काम चलिरहेको अवस्थामा गए राति अज्ञात समुहद्वारा तोडफोड भएको छ l निर्माण स्थलमा प्रयोग भएको १ हजार लिटरको पानी ट्याङ्की, पानीको पाइप तोडफोड तथा बिजुलीको तार चुडाएको अवस्थामा रहेको स्थानीय प्रदिप जी.सीले बताए l उनले भने –“यस अघि पटक -पटक यस ठाउँमा मन्दिरको ढोका फोड्नुका साथै जिल्ला बन कार्यालय प्यूठान मार्फत उपलब्ध भएका आकर्षक सिमेन्टेड बेन्च समेत तोडफोड गरि यस ठाउँलाई कुरुप गराउन अग्रसर भएका ब्यक्तिको तत्काल छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग राखेको जी,सीले जानकारी दिए l” बारम्बार यस प्रकारका निकृष्ट क्रियाकलाप बढ्दै जादा सम्बन्धित सरोकारवाला निकायले कुनै चासो र पहल नलिनु अत्यन्त दुःखद रहेको ऊहाँको भनाई रहेको छ l

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको झिमरुक गाउँपालिका ओखरकोट अहिले चर्चामा रहेको छ l