समय : १२:२१ am | शनिबार , चैत्र ६ गते २०८२

माण्डवीका सामुदायीक वनमा चार दिन देखी आगलागी स्थानीय सरकार बन्यो वेखबर

स्वर्गद्वारी अपडेट | चैत्र ३० गते २०७९
राजेन्द्र रावत क्षेत्री

, प्यूठान् चैत्र,३०  ।  भनिन्छ, चैत, वैशाखको समय अत्यधिक गर्मी र खडेरीको समय हो, यस समयमा डढेलो र आगलागीका घटनाहरु धेरै हुन्छन् । यसर्थ यस्ता घटनाहरु बाट बच्न उच्च सर्तकता (सावधानी) अप्नाउनु पर्छ । नभन्दै माण्डवीका केही स्थानमा यस्तै घटनाहरु व्यापक घटिरहेका छन् ।

प्यूठानको माण्डवी गाँउपालिका वडा नं.५ रम्दी को ज्योती सामुदायीक वनबाट सल्किएको डढेलो फैलिएर अहिले वडा नं.५ कै लिस्ने सामुदायीक वन सम्म पुगेको छ । मंगलवार दिउँसो ज्योती सामुदायीक वन रम्दीबाट सल्किएको आगो आज ४ दिन वितिसक्दा पनि नियन्त्रणको कुनै प्रयास भएको छैन । आगलागी के कारणले भयो भन्ने विषयमा लिस्ने सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष भुमा थापा अनविज्ञ छिन् । उनी भन्छिन् “हाम्रो वनमा आगो कसले लगायो, कसरी लाग्यो केही थाह छैन । आगो नियन्त्रण कसरी गर्ने, कसलाई अनुरोध गर्ने मैले केही मेसो पाइछैन ।” त्यस्तै स्थानिय सेतुलाल थापाले भने दिउँसोको समयमा गाइ बाख्रा चराउन र घाँस दाउरा काट्न जंगल जाने कसैले आगो सल्काएको हुन सक्ने आशँका गर्छन् ।उनि भन्छन् यसरी वनमा आगो लगाउनेलाई पहिचान गरी कार्वाही गर्नुपर्छ तर वनमा आगो लगाउनेलाई कार्वाही हुने व्यवस्था (कानुन) छछैन भन्ने विषयमा अन्जान छन् । यता भने सामुदायीक वनमा आगो लगाउने व्यक्ति पहिचान भएमा आगलागीबाट भएको क्षेतीको विगो अनुसार दण्ड जरिवाना तथा जेल सजाय सम्मको वन ऐनमा कानुनी व्यवस्था रहेको डिभिजन वन कार्यालय खलँगाका रेञ्जर हरि पौडेलले वताए । यि सामुदायीक वनमा लागलागी भएको ४ दिन वितिसक्दा पनि स्थानीय सरकार भने वेखबर नै वनेको छ । गर्मी मौसम, हावाहुरीको समय आगलागीका घटनाहरु दिनँहु जसो घटिरहँदा वन व्यस्थापन, अग्नि रेखा निर्माण लगायतका सचेतना मुलक कार्यक्रमहरु फगत कागजी रुपमा मात्रै सिमित रहेका छन् ।

आगलागीको कारण जंगलमा पाइने मयूर,कालिज लगायतका दुलभ चराचुरुंगी तथा हरिण, मृगहरु जस्ता वन्यजन्तु मासिदै गएको छ । त्यस्तै लिस्ने सामुदायीक वनमा लागेको आगोबाट माण्डवी ५ का एकचोटे, कालिखोला लगाएतका बस्तिहरु जोखिममा पर्न सक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्