समय : ०२:१२ am | शनिबार , चैत्र ६ गते २०८२

दलित मुक्ति मोर्चाको प्रथम वडा सम्मेलन सम्पन्न

स्वर्गद्वारी अपडेट | चैत्र २५ गते २०७९

सन्तोष सुनार प्युठान । नेपाल दलित मुक्ति मोर्चाको प्युठान नगरपालिका २ मा वडा सम्मेलन सम्पन्न भएको छ । शनिवार “सम्पुर्ण उत्पिडित दलित समुदाय एक हौ” भन्ने मुल नाराका साथ नेपाल दलित मुक्ति मोर्चा प्युठान नगर सम्मेलन आयोजक कमिटिमार्फत एक कार्यक्रम विच प्युठान नगरपालिका २ एक्ले पसलमा सम्पन्न भएको हो ।

वडामा रहेका दलित समुदायलाई समाजमा सक्रिय र दलित माथि ठूला जातिले गरिने विभेद , दमन र शोषणलाई निर्मुल पार्न र दलितलाई एकता हुन र भएका समस्याहरुलाई समधान गर्न व्यवहारीकमा लाग्न दलित मोर्चाले बताएको छ। आफुमाथि हुने अमानविय क्रियाकलापलाई सहेर नबसी खबदारी गर्न सक्ने हिम्मत गर्न दलित समुहलाई आग्रह गरेको छ ।

दलित मोर्चाकोे सदस्य याम बहादुर सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा १३ पदधाकारी पनि चएन गरिएको छ ।जसमा अध्यक्ष सन्तोष सुनार , उपादक्ष्य सुरेश सुनार , सचिव भगवति परियार , सहसचिव रेशम सुनार , कोषदक्ष्यमा पवित्रा नेपालि ,सदस्यहरुमा याम बहादुर वि क , मोहन बहादुर वि क, पुर्ख बहादुर सुनार भक्त बहादुर परियार कवीराम परियार , सल्लाहकारमा असोक पन्थि, दुर्गा परियार , र मिन बहादुर पन्थि निर्वाचित हुनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगिले विभेदको मुख्य परिवर्तन भनेको समाजिक , आर्थिक धार्मिक र सास्कृतिक निम्तिका लागि सहिष्णुता र सहिकार्य गरेमा नयाँ पहिचाहनका साथ नयाँ ठाउमा पुग्ने तथा परिवर्त हुने बताउनु भएको छ । दलितको सोचाई फरक थियो , वर्गका साथ एक स्टेप उठेको छ । नेपाल कम्युनिष्ट पार्टिले जनआन्दोलनबाट दलित अधिकार प्रति लडेको र अहिले दलितहरुलाई आरक्षणहरु प्रधान गरेको बताउदै दलित समुदायलाई मिहनत गरी अग्रसर भएर लाग्न आग्रह गर्नु भएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि माओवादिको प्रदेश सदेश्य सुन्दरा केसि ,नगर कमिटिको उपादक्ष्य हरी विएम , २ नम्वर वडाका वडा कमिटि अध्यक्ष बााुराम पोख्रेल नेपाल दलित मोर्चा प्युठान जिल्लको समन्वय समिति तथा नगर कमिटि उपादक्ष्य शान्त बहादुर नेपालि , दलित समुदायको उपस्थित रहेको थियो  । कार्यक्रमकोसन्चालन भने सहसचिव रेशम सुनारले गर्नु भएको थियो

यो पनि पढ्नुहोस्