
जेष्ठ नागरिकहरुमा लाई भ्रमण तथा स्वर्गद्वारी मन्दिरमा दर्शन गराउनुको मुख्य उदेश्य भनेको आन्तरिक पर्यटन प्रवद्धन गर्न जेष्ठ नागरीकलाई सम्मानका साथ लगिएको नगर प्रमुख योगिले बताउनु भयो । भ्रमणमा सवारीसाधन दुईवटा बस लगिएको छ । नागरीकलाई पुजा गर्ने पुजा सामाग्री , खाना, आवासको व्यवस्था नगरपालिकाले गरेको छ ।
भ्रमण दुई दिनको रहेको छ । शनिवार पुजा आर्जना गरी साझ फर्किने नगर प्रमुखका स्वकिय सचिव पुस्कर शर्माले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।भ्रमणमा जेष्ठ नागरिकहरुको हेरचाहका लागि प्युठान नगरपालिकाका नगर प्रमुखका स्वकिय सचिव पुस्कर शर्मा , नगर प्रवक्ता तथा ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठ , आर्थिक प्रशासकिय सहायक चन्द बहादुर जि.सी , महिला तथा बालबालिका शाखा प्रमुख मन्जु धिताल ,सन्चारकर्मी गन बहादुर विक र गामवेशि अपटेड युवटुवका सन्चालक तेजेन्द परियार जानुभएको छ ।








