समय : ०३:४४ am | शनिबार , चैत्र ६ गते २०८२

वडा कार्यलयबाट युवा तथा बालबालिकालाइ खेलकुद सामाग्री वितरण

स्वर्गद्वारी अपडेट | चैत्र २१ गते २०७९
सन्तोष सुनार प्युठान । झिमरुक गाउपालिका ३ डाडाडिको वडा कार्यलयबाट युवा तथा बालबालिकालाइ खेलकुद सामाग्री एक कार्यक्रम  गरी वितरण गरेको छ । मङ्गलबार वडामा रहेका दश बाल क्लवलाई खेलकुद सामाग्री वितरण गरिएको वडा अध्यक्ष मिन बहादुर खत्रीले जानकारी दिनुभयो । वितरण गरिएका सामाग्रीमा बल , नेट जालि र बलमा हावा भर्ने पम्प विरण गरिएको वडा अध्यक्ष खत्रीले स्वर्गद्वारी अपडेटलाई बताउनुभयो।                   कार्यक्रममा वडाअध्यक्ष खत्रिले खेल स्वास्थ्य लागि र राष्ट्रका लागि रहेको बताउदै आगमी दिनहरुमा खेलाडीहरु वडामा उत्कृष्ठ हुदै पालिका, जिल्ला ,प्रदेश र केन्द्रसम्म पुग्ने आशा राखेको व्यक्त गर्नु भएको छ । खेलकुदका लागि वडा कार्यलयबाट विशेष सहयोग गर्ने बताउनु भएको छ । खेलाडिहरु पनि खेलप्रति अनुशासनमा रहेर चासोको साथ खेल्न र खेलकुदप्रति लाग्न अध्यक्ष खत्रिको भनाई रहेको छ। । कार्यक्रममा वडाका जनप्रतिनिधि , कर्मचारी , समाजसेवि वडामा रहेका युवा तथा बालबालिका , खेलाडिहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्