समय : ०३:४४ am | शनिबार , चैत्र ६ गते २०८२

कृषकको सारथि बन्दै गौमुखी गाउँपालिका- स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट | चैत्र १९ गते २०७९
जोगिन्द्र मल्ल, प्युठान /गत चैत्र १३ गते भीषण  असिना पानीले गौमुखी गाउँपालिका वडा न  १ र २अर्खा  ३ रजवारामा कृषकले लगाएको सम्पुर्ण बालीनाली नस्ट गरेको थियो। कृषकहरुले लगाएका हिउदे अन्न बाली ,नगदे बाली ,तरकारी फलफूल खेतीमा क्षति हुदा किसानहरु निरास छन।  किसानले मेहनत र परिश्रम गरि उत्पादन गरेको खेतीपाती असिनाले क्षती पुराएकोले तथ्यांक र क्षतिपूर्ति  मुल्यांकन गरि बीउ उपलब्ध गराउने  गौमुखी गाउँपालिकाले घोषणा गरे अनुरुप आज असिना प्रभावित क्षेत्रमा पुगि कृषकहरुलाई  ७० क्विन्टल मकैको बीउ बितरण गरिएको छ।गौमुखी १ अर्खामा २५ क्विन्टल ५९८ घरधुरी अर्खा २ मा २५ क्विन्टल ५८९ घरधुरी र ३ रजवारामा २०क्विन्टल ९०० घरधुरी गरि जम्मा २०८७ घर धुरीलाई उन्नत मकैको मनकामना ३ बिउ बितरण गरिएको छ। प्राकृतिक प्रकोपले क्षती गरेको स्थलमा पुगेर मकैको बीउ बितरण गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले प्राकृतिक बिपत्ति बाजा बजाएर नआउने र गौमुखी गाउँपालिकाका केही वडामा भारी असिना पानीले पाक्दै गरेको गहुँ जहुँ भर्खर टुसाएका मकै अन्न बाली फलफूल  तथा तरकारी खेतीमा पुराएको क्षती प्रती कृषकहरुको पीडामा आफू र गाउँपालिका परिवार दुखित भएको बताउदै गाउँपालिकाले तत्कालका लागि मकैको उन्नत बिउ उपलब्ध गराएको र गाउँपालिका जुन सुकै सहयोगको लागि प्रतिबद्ध रहेको एबम  राहत तथा  आबस्यक सहयोगका लागि  ,प्रदेश र संघ सरकारलाई  तथ्यांक संकलन गरि पठाउने  र राहतको लागि पहल गर्ने बताउनु भयो।

यो पनि पढ्नुहोस्