समय : ०३:४६ am | शनिबार , चैत्र ६ गते २०८२

नयाँ रचनात्मक साथ फोहोर ब्यबस्थापन

स्वर्गद्वारी अपडेट | चैत्र १९ गते २०७९
सन्तोष सुनार प्युठान । “फोहोर व्यवस्थापन गरौँ, सभ्य नागरिक बनौँ”  भन्ने मुलनाराको साथ प्युठान नगरपालिका ३ बिजयनगरका विभिन्न स्थानमा नयाँ रचनात्मक साथ फोहोर ब्यबस्थापनका कन्टेनरहरु निर्माण गरिएको छ । वडा कार्यालयद्रारा १ लाख बिनियोजन गरि बिजयनगरका ७स्थानमा फोहोर ब्यबस्थापनका लागि फोहोर कन्टेनरहरु निर्माण गरिएको वडा अध्यक्ष सुमन राज श्रेष्ठले जानकारी दिनुभयो । फोहोर बाहिर नफाली उक्त निर्माण गरिएकोे कन्टेनरहरुमा फोहोर व्यवस्थापन गर्न वडाबासीहरु तथा आम नागरिकलाई  श्रेष्ठले आग्रह गर्नु भएको छ । फोहोर खुल्ला रुपमा फाल्दा वातवरणमा असर गरि मानिसहरुलाई विभिन्न सरुवा रोगहरु लागेको पाइन्छ । फोहोरलाई व्यवस्थित गर्दा वातावरण प्रदुशषण कम हुने हुदा मानिसमा रोगहरुको संक्रमणबाट बच्न सकिने  र आउने पिढिँहरुले फोहोर व्यवस्थापन गर्नु पर्दछ भन्ने चेतना रहोस भन्ने उदेश्यले नयाँ रचनात्मक साथ फोहोर ब्यबस्थापन गर्न लागिएको वर्तमान परिवेशमा विकास निर्माण कार्यमा उर्जावान् देखिनु भएका वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले स्वर्गद्वारी अपडेटलाई बताउनुभयो ।

यो पनि पढ्नुहोस्