सन्तोष सुनार प्यठान । मानवअधिकार शिक्षा सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । शनिवार एम्नेष्टि इन्टरनेसनल नेपाल समुह ३६ प्युठानको आयोजनामा कालिका विकास केन्द्रको सभालमा विजुवारमा सम्पन्न भएको हो ।


कार्यक्रममा प्रमुख अथिति रहनु भएका एम्नेष्टि इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकिले एम्नेष्टिले देशमा रहेका नागरिक , राजनिक तथा सामजिक र सास्कृतिक अधिकारको लागि कार्य गर्दै आएको जानकारी दिनुभयो । मानव अधिकारका लागि देशमा रहेका प्रत्यक पालिकाहरुसँग समन्वयको गरेको समेत बुढाथोकिले बताउनु भएको छ । एम्नेष्टिले मानवका लागि विगत देखि विभिन्न अभियान सन्चालन गरेको र विगतमा कारागार जीवन बिताईरहेका नेपाली काङ्गे्रसका नेता कृष्ण प्रसाद सिटौलालाई चिठि लेखेर कारागार बाट छुटाएको उदाहरण दिदै आस्था बन्धिका लागि विशेष भुमिका तथा सहयोग गरेको बताउनुभयो । अभिव्यक्ति भेलामा राज्यले सक्रियता साथ लाग्न आग्रह समेत गर्नु भएको छ । कार्यक्रममा विशेष अथिति रहनु भएका मल्लारानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले नागरिकहरु सेवा सुविधाहरुबाट बन्चित रहेको नागरिकहरु सुचना तथा भेला कार्यक्रममा सहभागिता नहुने तथा नआउन रहेको बताउनु भयो । जिल्लामा भएका संस्थाहरुबाट नागरिकलाई अगाडि बढाउने र सहकार्यमा विशेष जोड दिने बताउनु भएको छ । मानव अधिकार उल्लङ्घन भएमा आवज उठाउने र आवज उठाउने नै सबैभन्दा विकल्प रहेको समेत अध्यक्ष खड्काले बताउनुभयो । अधिकार खोज्नेले कर्तव्य पनि पुरा गर्न आवश्यक रहेको बताउनु भएको थियो । त्यस्तै कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनिले संविधानमा रहेका नागरिक अधिकारहरु धेरै भएता पनि कानुन व्यावहारीक नभएको खण्डमा जनचाहनाको सेवा दिननसकेको बताउनुभयो । नागरिकहरुमा परिवारिकमा , समाजमा सहमतिमा आयमा जिल्लाबाट दिने सेवा तथा अधिकारहरु सजिलोको साथमा दिन सहज हुने बताउनु भएको थियो । एम्नेष्टि इन्टरनेसनल नेपाल समुह ३६ प्युठानको संयोजक कल्पना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति एम्नेष्टि इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकि, विशेष अथिति मल्लारानि गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का , सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनि , गैर सहकारी संस्था महासंघ प्युठानका अध्यक्ष विजय कुमार श्रेष्ठ , जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसिको रहेको थियो । कार्यक्रममा एम्नेष्टि इन्टरनेसनल नेपालका कार्यकारी निर्देशक निराजन थपलियाले नागरिकले पाउने अधिकार र एम्नेष्टि प्रस्तुति दिदै जानकारी दिनु भएको थियो । कार्यक्रममा विभिन्न सङ्घ संस्थामा आवद्व रहनु भएका कर्मचारी , पत्रकार । सन्चारकर्मी तथा आम नागरिक लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन भने एम्नेष्टि इन्टरनेसनल नेपाल समुह ३६ प्युठानका सचिव तथा पत्रकार सुजल श्रेष्ठले गर्नु भएको थियो ।