समय : ०३:४७ am | शनिबार , चैत्र ६ गते २०८२

स्याउलीवाङको एकगोठमा आगलागी २ पशुचौँपाय मरे, पाँच घाइते

स्वर्गद्वारी अपडेट | चैत्र १८ गते २०७९
सन्तोष सुनार प्युठान । जिल्लको नौबहिनी गाउपालिका १ स्याउलीवाङको खारखोला गाउमा एक गोठमा आगो लाग्दा २ पशुचौँपाय मरे र पाच घाइते भएका छन ।शनिवार नौबहिनी गाउपालिका १ स्याउलीवाङको खारखोला निवासी ओम बहादुर सुनारको गोठमा बिहान ११ बजे आगो लागेको हो । पानी परेको कारण गोठमा आगो बालेको र खाना खान घरभित्र गई बाहिर निस्किदा गोठमा आगो लागेको नौबहिनी गाउपालिका १ स्याउलीवाङका वडाअध्यक्ष घन बहादुर बुढा मगरले जानकारी दिनुभयो । सुनारको गोठमा आगोलागी हुदा दुईवटा बाख्रा , एउटा कुकुर मरेको र दुईवटा बाख्रा , दुई वटा गोरु र एउटा लैनो भँैसि गम्भिर घाईते रहेको वडाअध्यक्ष बुढा मगरले स्वर्गद्वारी अपडेटलाई बताउनु भयो । दुईवटा बाख्रा भने सामान्य रहेका छन । आगो निभाउदा ओम बहादुर सुनारको अनुहारमा आगोलो केहि भाग पोलेको र हातमा चोट लागेको छ । छिमेकी तथा स्थानियवासीले नियन्त्रण लिएका छन । बचेका चौँपायका लागि छिमेकी तथा स्थानियवासीले बनाएर सुरक्षित राखेको एक स्थानियले बताए ।

यो पनि पढ्नुहोस्