समय : ०५:२६ am | शनिबार , चैत्र ६ गते २०८२

प्युठान नगरपालिकाले जडान गर्यो निशुल्क टेलिफोन सेवा

स्वर्गद्वारी अपडेट | चैत्र १८ गते २०७९
सन्तोष सुनार।संघिय संरचना अनुसार स्थानीय तह भईसकेपछि साच्चिकै सरकारले महशुस दिनका लागि अहिले स्थानिय तहले जनतालाई प्रत्यक्ष रुपमा लाभ लिन सक्ने कामहरु गर्दै आईरहेको छ। प्युठान नगरपालिकाले आफ्नो नगरपालिकालाई प्रबिधि मैत्री पालिका बनाउन नारा सहित लाखौ रकम खर्चेको छ।प्युठान नगरपालिका वडा कार्यालय -३ को सहयोगमा निशुल्क टेलिफोन सेवा र इन्टरनेट जडान गरेको छ।आम जनतामाझ संचार माध्यमबाट कोहि पनि वन्चित नहोस भन्ने उदश्यले जडान गरेको वडा अध्यक्ष सुमन राज श्रेष्ठले बताए। शुक्रबार जडान गरेको टेलिफोन सेवा तथा ईन्टरनेट  सेवाको उद्घाटन गर्दै नगरपालिका नगर प्रमुख बिष्णु योगीले भने नेपाल भरि जुनसुकै ठाउँमा कुरा गर्दा निशुल्क  कुरा गर्न सक्ने बताएका छन्।    

यो पनि पढ्नुहोस्