समय : ०५:२४ am | शनिबार , चैत्र ६ गते २०८२

स्वास्थ्यकर्मी र मिडियाकर्मी विच पैरवी कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | चैत्र १५ गते २०७९
सन्तोष सुनार प्युठान । स्वास्थ्य प्रवद्धन सेवा सम्बन्धि स्वास्थ्यकर्मी र मिडियाकर्मि विच पैरवी कार्यक्रम सम्पन्न भएको छ । बुधवार स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेशको आयोजनामा मिडियाकर्मी र स्वास्थ्यक्रमी स्वास्थ्य प्रवद्धन सेवा सबन्धि पैरवी कार्यक्रम आयुष्मा होटेल जुम्रीमा सम्पन्न भएको हो । स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानालयका स्वास्थ्य प्रमुख भरत कुवरले कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य सम्बन्धि स्वास्थ्य प्रवद्धन सेवा सम्बन्धि जानकारी दिनुभयको थियो । उहाले मानिस शारीरिक , मानशीक , भावनात्म र समाजिक भए मात्र स्वस्थ रहने बताउनु भयो । आफ्नो जीवनशैलीमा आफुले खाने कुरामा ध्यान दिने तथा हुर्किरहेको बातारण अनुसार सुरक्षि रहेमा अस्पतालहरु जान नपर्ने समेत उहाले बताउनु भयो । सरकारले तथा राजनितिक दलहरुले स्वास्थ्य क्षेत्रमा केहि बजेट विजिन गरिदियमा अझ स्वास्थ्य क्षेत्रमा सहज भई स्वस्थ समाजको निर्माण टेवा हुने कुवरको भनाई रहेको छ । त्यस्तै कार्यक्रममा प्युठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द राज घिमिरेले स्वागत मन्तव्य राख्दै प्युठान नगरपालिका भित्रको स्वास्थ्य क्षेत्रका बिभिन्न सुचकहरुबारे जानकारी दिनुभएको थियो । उहाले जीवनमा छ महिना तथा वर्षमा शरिर पुरै चेक गर्ने गराउने गर्नुपर्दछ समेत बताउनुभयो । पत्रहरुको महासङ्घ प्युठानका अध्यक्ष सन्जय रिजाल कार्यक्रमको समापन गर्दै स्वास्थ्य छ र सबै छ काम गर्दा आफुलाई ख्याल गरी रोगहरु बच्ने उपाएहरु अपनाउन आग्रह गर्दै स्वास्थ्य सम्बन्धि आभार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानालयका स्वास्थ्य प्रमुख भरत कुवर, प्युठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द राज घिमिरे , पत्रकार, महासङ्घ अध्यक्ष सन्जय रिजाल,  पुर्व अध्यक्ष गीरु प्रसाद भण्डारी .उपादध्यक्ष राधिका भुसाल , सचिव प्रकाश वैद्ये , दलित पत्रकारका उपादध्यक्ष राम बहादर विश्वक्रर्मा, जिल्लका पत्रकार तथा सन्चारकर्मी र स्वास्थ्यकर्मीहरुको उपस्थिरहेको थियो । कार्यक्रमको सन्चालन भने ददिराम सुवेदिले गर्नु भएको हो ।  

यो पनि पढ्नुहोस्