समय : ०५:२५ am | शनिबार , चैत्र ६ गते २०८२

प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु

स्वर्गद्वारी अपडेट | चैत्र १३ गते २०७९
सन्तोष सुनार प्युठान । जिल्लाको झिमरुक गाउपालिका ७ तुषारामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोमवार साझ करिव ६ बजेतिर घरमा रहेको धारामा पानि आउदा धारो खुला रहेको अवस्थामा घर नजिकै रहेको पोखरी भरिदा झिमरुक गाउपालिका ७ तुषारा निवासी सरद घिमिरेको छोरा साढे तिन वर्षको दामोदर घिमिरे उक्त पोखरीमा डुब्दा उपचारको लागि जिल्ला अस्पताल विजुवारमा ल्याइसकेपछि अस्पतालमा मृत्यु भएको झिमरुक गाउपालिका ७का वडा अध्यक्ष श्री कृष्ण वहादुर जि.सीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । मृतक वालकका बाबु खाने पानिको काम गर्न जानु भएको ,आमा वारीमा गहु तथा जौ काट्न र हजुरमा भने घर देखि तल पाटामा घास काट्न गएको वेला उक्त घटना भएको वडा अध्यक्ष जिसिले बताउनु भयो । मृतक बालकको साथमा अन्य बालबालिका रहेको अनुमान गरिएको छ । विस्तृत जानकारी आउन बाकी ।  

यो पनि पढ्नुहोस्