सन्तोष सुनार प्युठान । जिल्लाको गौमुखी गाउँपालिकामा असिना सहित भिषण वर्षात् परेको छ ।सोमवार दिउँसो ३ वजेदेखि ६ः३० वजेसम्म गौमुखि गाउपालिका १ ,२ र ३ वडाका खरा, रजबारा अर्खा लगायतका ठाउँमा
दुई फिटसम्म असिना परेको गौमुखि गाउपालिका २का वडा अध्यक्ष डोर बहादुर रानाले
स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

असिना सहितको ठुलो वर्षातको कारण उक्त ठाउमा रहेका वालिमा गहुँ जौँ र नल पुरै नष्ट भएको र दुई नम्बर वडाको नजिकै बसोबास गर्ने कुलराज थापाको गोठ ढलेर २ वटा बाख्रा मरेको अध्यक्ष रानाले बताउनु भयो । गोठमा पाँचवटा बाख्रा र एउटा भैसी रहेको थियो । तिनबटा बाख्रा र भैँसी भने शकुसल रहेका छन । असिनाले सो ठाउमा रहेका तरकारीहरु पनि नष्ट भएका छन ।
