समय : ०५:२६ am | शनिबार , चैत्र ६ गते २०८२

रुखबाट खसेर दर्लामीको मृत्यु

स्वर्गद्वारी अपडेट | चैत्र १२ गते २०७९

सन्तोष सुनार प्युठान । जिल्लाको नौबहिनी गाउपालिका २ लिघामा बस्ने मङ्गली दर्लामीको रुखवाट खसेर मृत्यु भएको छ । आइतवार दर्लामी घास काट्ने क्रममा करिव ४ बजेर १५ मिनेटमा काफलको रुखबाट खसेर भिरबाट २०० मिटर तल मोटर बाटोसम्म आइपुग्दा उनको मृत्यु भएको नौबहिनी गाउपालिका २ लिघाका वडा अध्यक्ष गोपिराम घर्ति मगरले जानकारी दिनुभयो । मृत्यु भएकी दर्लामी १९ वर्षकी रहेको अध्यक्ष  घर्तिमगरले बताउनुभयो । उनी गत मङ्शिरमा विवाह गरेकी थिइन । दर्लामीको श्रीमान अहिेले घरमै रहेका छन । मृतक दर्लामीको माइत नौबहिनी गाउपालिका ३ मा पर्दछ । उनको लासलाई भेट्न माइती आइसकेको र कुनै विभाविद तथा आरोपितको मार्ग नहुदा स्थानिय , परिवार र माइती पक्ष सहमतिमा प्रहरीलाई खवर गर्न आवश्यक नभएको हुदा भोलि गाउमै रहेको आर्यघाटमा दाहासंस्कार गर्ने वडा अध्यक्ष गोपिराम घर्तिमगरले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्