समय : ०५:३१ am | शनिबार , चैत्र ६ गते २०८२

युवा हित मंचको आयोजनामा नगरस्तरीय भलिबल प्रतियोगिता सम्पन्न पहिलो प्युठान नगरपालिका ५

स्वर्गद्वारी अपडेट | चैत्र ११ गते २०७९

 सन्तोष सुनार प्युठान ।युवा हित मंचको आयोजनामा नगरस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवारबाट सन्चालन भएको प्रतियोगिता प्युठान नगरपालिका २ को झिमरुक खेलकुद मैदानमा नगरस्तरिय भलिबल प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो । युवामा देखिएको खेल प्रति रुचि र चासोको कारण खेलको आयोजना गरिएको हो ।

प्रतियोगिताामा पहिलो प्युठान नगरपालिका ५, दोस्रो प्युठान नगरपालिका ३ र तेस्रो प्युठान नगरपालिका १ बिजयी भएको छ। प्रतियोगितामा विजेता हुने खेलाडिलाई क्रमश प्रथम पुरस्कार ३०,००० हजार प्रमाण पत्र , दोस्रो पुरस्कार २०,००० हजार प्रमाण पत्र र तेस्रो पुरस्कार १०,००० हजार प्रमाणपत्र हस्तान्तरण गरेको युवा हित मंचका उपादक्ष्य युवराज विष्टले स्वर्गदारी अपडेटलाई जानकारी दिनुभयो । खेलमा खेलेका खेलाडिहरुमा उत्कृष्ठ भएका प्युठान नगरपालिका ५का झग बहादुर मगरलाई तिन हजार प्रधान गरिएको बिष्टले बताउनुभयो।

खेलमा सात टिमको सहभागीता रहेको थियो । प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अथितिमा रहनु भएका प्युठान नगरपालिकाका प्रमुख विष्णु योगिले प्युठान नगरपालिको खेल क्षेत्रलाई सुदृड गर्दै नगरपालिकालाई चिनाउन सफल रहोस भन्दै शुभकामना राख्नु भएको थियो ।

नगर प्रमुख योगिले आफुले खेल क्षेत्रलाई नजिकबाट नियालेको बताउदै प्युठान नगरपालिकाले खेल क्षेत्रलाई सहयोग गर्ने र खेलले क्षेत्र , जिल्ला हुदै प्रदेश तथा राष्ट्रियस्तरसम्म चिनाउन सक्ने भएकाले खेलाडिलाईलाई अनुशासन तरिकाले खेल्न आग्रह गर्नु भएको छ । कार्यक्रममा अध्यक्षतामा युवा हित मंचका अध्यक्ष मुक्ति पोख्रेल , विशेष अथितिमा प्युठान नगरपालिका३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठ अथितिमा २ का वडा अध्यक्ष मोहन सिह विष्ट र अन्य वडाका अध्यक्षहरु रहनु भएको थियो । समापन कार्यक्रको सन्चालक प्युठान नगरपालिका प्रमुख विष्णु योगिका सोकिय सचिव पुस्कर शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्