नेपाल रेडक्रस सोसाइटिको जिल्ला शाखाको आयोजना र नौवहिनी गाउपालिकाको समन्वयमा जापनि रेडक्रसको आर्थिक सहयोगमा जुम्रिमा रहेका आयुष्मा होटेलमा बुधवार देखि सुरु भएको तालिम आज शुक्रवार सम्पन्न हो । तालिममा नौबहिनी गाउपालिका ३ र ५ गरी दुई वडालाइ विपद प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धि प्रशिक्षण दिइएको नेपाल रेडक्रस सोसाइटि प्यूठान शाखाका लेखा तथा प्रशासन साहायक देविराम शर्माले जानकारी दिनुभयो । तालिममा भुकम्पममा परेकालाई कसरी उद्वार गर्ने तरिका , आगो लाग्दा निभाउने विधि , घरको छतबाट खसेर पुरिएकाहरुलाई उद्वार सम्बन्धि तालिम दिएको शर्माले स्वर्गद्वारी अपडेटलाई बताउनु भयो ।
तालिममा २२ जनाको सहभागीता रहेको थियो । चार दिनमासम्म सन्चालन गरिएको तालिममा सहभागीहरुको परिक्षा लिई प्राप्ताअङ्कको आधरमा प्रमाण पत्र हस्तान्तरण गरिएको हो । त्यस्तै नौबहिनी गाउपालिका ३ मा रहेको बराह माध्यमिक विद्यालयलाई र ५ मा रहेको नेरा माध्यमिक विद्यालयलाई एक एक वटा दराज र बाकसहरु जिल्ला शाखामा सन्चालित कम लेड डिआर परियोजना मार्फत वितरण गरिएको छ । तालिममा सहभागी भएकाहरुलाई पनि हेल्मेट , ज्याकेट पन्जाहरु लगाएत सुरक्षित तथा उद्वार गर्दा सुरक्षित रहनका लागि सामागी्रहरु वितरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्युठानका प्रमुख गुमन राज पुलामीको अध्यक्षता भएको समापन कार्यक्रममा प्रमुख अथिति नौबहिनि गाउपालिका अध्यक्ष डिल वहाादुर थापा , विशेष अथितिमा जिल्ला शाखाका कोषादक्ष्य घनश्याम न्यौपाने जिल्ला कार्यक्रम अधिकृत सरोज थापा रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य भने सहभागी सरिता थापा र लक्षुमण भण्डारीले गनुृ भएको थियो । कार्यक्रमा अध्यक्षतामा रहनु भएको गुमान राज पुलामीले पुर्व तयारी जनशक्ती गर्नु भनेको सुरक्षा तथा शैदानिक , प्रयोगात्मक अभ्यासले दक्षता पाउने सम्पत्ति हो बताउनु भएको छ । तालिमबाट लिएका तरिका र विधिलाई व्यवहारिकमा लाग्न आग्रह समेत भनाइ भएको थियो । कार्यक्रममा सहजिकरण तथा प्रशिक्षण सरोज थापा , सुजन विश्वक्रमा र खिमराज विश्वक्रमाले गर्नु भएको हो कार्यक्रमको सन्चालन देविरामा शर्माले गर्नु भएको हो ।








