समय : ०७:१४ am | शनिबार , चैत्र ७ गते २०८२

क्रिकेटर प्रतिशलाई झिमरुक गाउँपालिकाले एक लाख नगद प्रधान गर्दै गर्यो सम्मान

स्वर्गद्वारी अपडेट | चैत्र ९ गते २०७९
स्वर्ग द्वारी अपडेट समाचार डेक्सनेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य प्रतिश जिसीलाई गृह जिल्ला प्यूठानमा सम्मान गरिएको छ । बिहीबार प्यूठानको झिमरुक गाउँपालिकाले नगदसहित जिसीलाई सम्मान गरेको हो । विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनोट खेलमा छनोट भएको अवसरमा जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।प्यूठान जिल्लाबाट पहिलो पटक राष्ट्रिय टिमका सदस्य बनेका जिसीलाई थप प्रगतिको कामनासहित गाउँपालिकाले सम्मान गरेको हो ।यसैबीच, नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य प्रतिश जिसीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले नगद ५० हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरेका छन् । साथै पोख्रेल फाउन्डेसनले समेत जिसीको खेलको सम्मान गर्दै ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

यो पनि पढ्नुहोस्