सन्तोष सुनार प्यूठान । प्युठानमा चट्याङ लागेर एक महिला घाइेते भएकी छिन । प्यूठान नगरपालिका ६ माझकोट झुलेनी ओखरबोटमा बसोबास गर्ने वर्ष २६ की रोसनी सुनार लाई आज विहविार करिव साढे पाच वजे घर भित्र बत्ति बाल्न लागेको अवस्थामा चट्याङ लागेको प्युठान नगरपालिका ६ का वडा अध्यक्ष नरेन्द्र पुनले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । उक्त समयमा सो ठाउमा हल्का पानि समेत परेका थियो । सुनारको बाया हात नचलेका तथा काम नगरेकोे वडा अध्यक्ष पुनले बताए । उनलाई उपचारको लागि जिल्ला अस्पताल विजुवार ल्याएको आशिस हेल्थ क्लिनिकका बालाराम केसिले बताए । घाइते सुनारको परिवारमा ४ सदस्यहरु रहेका छन । जसमा उनि , एक छोरा , एक छोरी र श्रीमान रहेका हुन । श्रीमान भने रोजगारीका लागि भारत रहेको केसिले बताए ।
्चट्याङ लागेर एक महिला घाइते








