समय : ०७:०० am | शनिबार , चैत्र ७ गते २०८२

 विश्व उपभोक्ता अधिकार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | चैत्र १ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठानविश्व उपभोक्ता अधिकार दिवसको अवसरमा माण्डवी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ।  विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज माण्डवी गाउँपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा इलाका प्रसासन कार्यालय जस्पुरका कार्यालय प्रमुख बाबुराम पुरीले उपभोक्ताले आफ्नो अधिकार जिम्मेवारीपुर्ण रुपमा उपयोग गर्नुपर्ने बताएका थिए।“उपभोक्ताको अधिकार के-के छन् भन्ने कुरा पनि सबैले थाहा पाइराख्नु पर्छ।अधिकार हनन भएमा क्षतिपूर्ति पाउन र बिक्रेतालाई सजाय दिलाउन उजूरी गर्ने निकायको बारेमा समेत जानकारी लिइ अधिकार हनन भएमा उजूरी गर्ने परिपाटीको विकास हुनुपर्छ भन्ने बताएका थिए। कार्यक्रमका अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी कार्यालय प्युठानका प्रमुख बेद प्रसाद अर्यालले वस्तु वा सेवाको सुरक्षित तरिकाले उपभोग तथा प्रयोग गर्न पाउनु नै उपभोक्ताको अधिकार रहेको बताए थिए।“उपभोक्ताले आफूले उपभोग गर्न चाहेको वस्तु वा सेवा उपयुक्त समयमा, उचित मूल्यमा र गुणस्तरयुक्त रुपमा उपभोग तथा प्रयोग गर्न पाउनु पर्ने व्यक्त गरेका थिए।कार्यक्रममा बोल्दै कुनै पनि मालसामान खरिद गर्नु भन्दा पहिले सामान बनेको समय, उपभोग गर्ने म्याद, मूल्य, गुणस्तर आदिको बारेमा जानकारी लिनु पर्नेछ घरेलु तथा साना उद्योग कार्यालय प्युठानका प्रमुख सरोज भण्डारीले बताएका थिए। कालोबजारी गर्ने, जारी गर्ने, तौलमा ठगी गर्ने, उस्तै उस्तै देखिने गरी अहिले उपभोक्ताले भोग्दै आएका माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारीले बताएका थिए।कार्यक्रम करदाता सेवा कार्यालय प्युठानका प्रमुख सनु काफ्लेले करदाता शिक्षा प्रस्तुत गरेका थिए।उक्त कार्यक्रममा विशिष्ट अथिति स्वर्गद्वारी नगरपालिका नगर प्रमुख टेक प्रसाद भण्डारी,कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख धरम जी.सी ,उपप्रमुख दुर्गा रेग्मी, जिल्ला प्रहरी कार्यालय प्रमुख शुवास खड्का, माण्डवी गाउँपालिका प्रमुख प्रसासकिय  अधिकृत प्रकास पाण्डे ,नेपाल पत्रकार महासंघका प्युठानका अध्यक्ष संजय रिजाल,माण्डवी गाउँपालिका उपाध्यक्ष पूर्ण कालाथोकी र सरुमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खडकाले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रम आयोजक ईलाका प्रसासन कार्यालय जस्पुर, समन्वयमा स्वर्गद्वारी नगरपालिका,माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाकोले गरेको  थियो।कार्यक्रम संचालन सकुन राज बिस्वकर्माले गरेका थिए।                 

यो पनि पढ्नुहोस्