समय : ०५:२५ am | शनिबार , चैत्र ६ गते २०८२

प्युठानमा अटो दुर्घटना चालक घाइते

स्वर्गद्वारी अपडेट | चैत्र १ गते २०७९
सन्तोष सुनार प्यूठान । प्युठानमा अटो दुर्घटना भएको छ । जिल्लाको खप्रिङ्खोलाबाट तरकारी लिएर जुम्रि आउदै गरेको लु १ ह ३४२७ नम्वरको अटो प्यूठान नगरपालिका ७ बाग्दुलाको रानि कुलामा बुधवार विहान करिव १० बजेतिर खसेर दुर्घटना भएको अस्थाई प्रहरी पोष्ट बाग्दुलाका प्रहरी सहायक निरिक्षक एकराज खड्काले स्वर्गद्वारी अपडेटलाइ जानकारी दिए । अटोमा चालकी महिला सिमा देवि घर्ति र उनको श्रीमान हरि बहादुर घर्ति  गरी दुई जना रहेको खड्काले बताए अटो चालिका सिमा घर्तिको बाया हात फ्याक्सर भएको छ , भने श्रीमान सामन्य रहेका छन । चालिका घर्तिलाई बाग्दुलमा रहेको स्वर्गद्वारी लाइभ केअर मेडिकलमा केहि उपारचार भएपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।  

यो पनि पढ्नुहोस्