अनुपराज पाण्डे प्यूठान । ऐरावती गाउँपालिका स्तरीय प्रथम व्याडमिन्टन प्रतियोगिता सोमवार सम्पन्न भएको छ । व्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधि मोहन बोहराको टिम , दोस्रो उपाधि अभियान पोखरेलको टिम र तेस्रो भीष्म बिक्रम शाहको टिमले उपाधि हात पारेको छ ।
प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रर्दशन तथा अनुशासित खेलडीको उपाधि राजु खडकाले पाएका छन । प्रतियोगितामा ९ टिमले खेल प्रर्दशन गरेका हुन। गाउँपालिका अध्यक्ष नविलबिक्रम शाहले बिजेता खेलाडीहरूलाई बधाई दिदै आगामी दिनमा गाउँपालिकाले अन्य इन्डोर खेलहरूलाई पनि निरन्तरता दिने बताए ।
प्रतियोगिता ऐरावती व्याडमिन्टन समितिलेको आयोजना गरेको हो। बिजेतालाई क्रमश नगद २० हजार,१५ हजार र १० हजार सहित मेडल ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेको व्याडमिन्टन समितिका अध्यक्ष मोहन बोहराले बताए । प्रतियोगिता ऐरावती ब्याडमिन्टन समितीको आयोजना र पालिकाको आर्थिक सहयोगमा भएको हो । कार्यक्रममा ऐरावती गाउँपालिका अध्यक्ष नविलबिक्रम शाह , प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी,लेखा शाखा प्रमुख रामबहादुर बस्नेत,पञ्जीकरण शाखामा कार्यरत सागर रिजाल र प्रतियोगि लगायतको उपस्थित रहेको थियो ।








