समय : ०३:४६ am | शनिबार , चैत्र ६ गते २०८२

कुनै पनि गठबन्धन बिना निडरका साथ सभापतिमा विश्वकर्माको उम्मेदवारी

स्वर्गद्वारी अपडेट | फागुन २७ गते २०७९

स्वर्गद्वारी अपडेट संवददाता प्यूठान । स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा शनिवार कुनै पनि गठबन्धन विना निडरका साथ अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादर विश्वक्रमाले उम्मेदवारी दिएका छन । ऐरावति गाउपालिकामा जन्मेका सानै देखि चलाख र बौदिक रहेका विश्वक्रमा जिल्लाको बाल सन्जालको अध्यक्ष भई बालबालिका प्रति हुने शोषण तथा बाल विवाह न्युनिकरण सम्बन्धि निकै कडा रुपमा लागेर काम गरेका थिए । साथै गाउमा पनि रेक्रसको मातहतमा रहेर काम गरेका हुन । उनको प्यानेल तथा अनेरास्ववियू क्रान्तिकारीबाट सचिवमा तारा बहादुर घर्ती मगर ‘आभास’ र कोषाध्यक्षमा अनुषा गौतम लगायत ७ जनाले प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिएका छन् । उत्त क्याम्पसमा दुई वटा संगठनको उम्मेदवारी दर्ता भएको क्याम्पस स्रोतले जनाएको छ ।विश्वक्रमाको विपक्षमा क्याम्पसमा नेविसंघ,अनेरास्ववियु,अखिल क्रान्तिकारी विप्लव र अखिल छैठौंबीच तालमेल गरी उम्मेदवारी दिएका छन । संयुक्त गठबन्धनको स्ववियु सभापतिमा टेकराज केसी,सचिवमा भुपेन्द्र केसी र कोषाध्यक्षमा नीता बुढाथोकीको उम्मेदवारी रहेको छ । स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव आसन्न चैत्र ५ गते हुने भएको छ ।

यो पनि पढ्नुहोस्