समय : ०३:४६ am | शनिबार , चैत्र ६ गते २०८२

मरन्ठाना स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी लाई सम्मान प्युठान नगरपालिका

स्वर्गद्वारी अपडेट | फागुन २६ गते २०७९

स्वर्गद्वारी अपडेट समाचार डेक्स । जिल्लाको प्युठान नगरपालिका ९ मरन्ठानामा रहेको स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी लाई सम्मान गरिएको छ ।

प्युठान नगरपालिका भित्र रहेका१२ वटा स्वास्थ्य चौकी मध्ये २०७८। ०७९ सालमा स्वास्थ्य चौकीले गर्नुपर्ने काम र दिनु दिएका सेवाका आधारमा आधारमा मूल्यांकन गर्दा उक्त स्वास्थ्य चौकी उत्कृष्ट भएकोमा सम्मान गरिएको प्यूठान नगरालिकाले जनाएको छ । स्वास्थ्य चौकीबाट प्रवाह हुनुपर्ने सेवा,कार्यालय व्यवस्थापन, सेवाग्राहीलाई दिने सेवा,समय व्यवस्थापन,कार्यालयमा राख्नुपर्ने विवरण व्यवस्थापनमा मरन्ठाना स्वास्थ्य चौकी वडा नम्बर ९ ले गरेका कामका आधारमा उत्कृष्ट भएको प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले बताउनुभयो।खोपको मात्रा पूरा गरेको,पोषणमा सुधार गरेको,परिवार नियोजन,गर्भवती सेवा,क्षयरोगविरुद्धको सेवालगायतको मापनका आधारमा उत्कृष्ट स्वास्थ्यसंस्था छनोट गरेर पुरस्कृत गरिएको स्वास्थ्य प्रमुख घिमिरेले बताउनुभयो।

एक कार्यक्रम बिच उत्कृष्ट हुने मरन्ठाना स्वास्थ्य चौकीका इन्चार्ज रन्जना श्रेष्ठलाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको हो।कार्यक्रममा सर्वोत्कृष्ट स्वास्थ्य चौकीको सम्मान पाउन सफल मरन्ठाना स्वास्थ्य चौकी इन्चार्ज रन्जना के सि टिम वर्क र समुदायको साथ,सहयोग वडा कार्यालय सिङ्गो नगरपालिकाको साथ सहयोगले स्वास्थ्य चौकी सर्वोत्कृष्ट भएको बताउनुभयो।

चौकीका इन्चार्ज के सि ले सम्मानले काम गर्ने थप हौसला बढाएको र आगामी दिनमा अझै राम्रा र स्तरीय काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।यस स्वास्थ्य चौकीमा १ जना स्वास्थ्य निरीक्षक,२ जना सिअ ,१ जना सिअहेब, १ जना र १ जना अहेब र १ जना कार्यालय सहगी गरि जम्मा ७ जना महिलाकर्मिले सेवा दिँदै आउनुभएको छ। त्यस्तै कार्यसम्पादन मुल्यांकनको आधारमा उक्त संस्थाबाट सिअहेब शान्ता बस्नेत प्रथम,सापडाडा स्वास्थ्य चौकीका सिअहेब किस्मतमान श्रेष्ठ दितिय र माझकोट स्वास्थ्य चौकीका अनमि अमृता थापा तेस्रो हुनुभएको छ। प्रथम,दितिय र तृतीय हुने स्वास्थ्यकर्मी लाई दोसल्ला, करुवा र प्रमाणपत्रले सम्मान गरिएको प्युठान नगरपालिकाले स्वर्गद्वारी अपडेटलाई जानकारी दियो ।

यो पनि पढ्नुहोस्