समय : ०३:४४ am | शनिबार , चैत्र ६ गते २०८२

माण्डवी गाउँपालिकाको चिस्यान केन्द्र अलपत्र

स्वर्गद्वारी अपडेट | फागुन २६ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान।जिल्लाको माण्डवी गाउँपालिका -३ देवीस्थानमा निर्माण गरिएको तरकारी तथा फलफूल भण्डार गर्ने चिस्यान केन्द्र अलपत्र परेको छ। लुम्बिनी प्रदेश सरकार र माण्डवी गाउँपालिकाको साझेदारीमा १ करोड बाह्र लाख ५८ हजार ८ सय १८ रुपियाँको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो।राज्यको लाखौ रकम खर्चेर निर्माण भएका माण्डवी गाउँपालिकाको शित भण्डार यतिबेला अलपत्र परेको छ।आर्थिक वर्ष २०७७ /२०७८ मा तयार भएको शित भण्डार प्रभावकारी हुनु पर्ने जति भएको छैन।किसानले उब्जाएका कृषि उपजको भण्डार बेमौसमीमा बिक्री गरे फाइदा लिन सकिने हुँदा यति बेला शित भण्डार बिग्रेर बसेको हुदा आफुहरुलाई क्षति पुगेको बताउछन किसानहरु।स्थानीय कृषकले उत्पादन गरेका मौसमी तथा बेमौसमी तरकारी तथा फलफुलहरुलाई सुरक्षित किसिमले भण्डार गर्न सकिने शित भण्डार अहिले अलपत्र परेको छ।नव निर्वाचित जनप्रतिनिधिहुरुले कुनै चासो नदेखाएको र यति ठुलो लगानीमा निर्माण भएको गौरवको आयोजनामा यस्तो लापरवाही भन्दै आक्रोस समेत पोख्त गरे माण्डवी गाउँपालिका होटल व्यवसायी संघका अध्यक्ष तुल्सी राम के.सी।माण्डवी गाउँपालिकाले कृषि पकेट क्षेत्र घोषणा गरे पनि कृषकहरुले भने कुनै उपभोग गर्न नसकेको गुनासो गरेका छन।

यो पनि पढ्नुहोस्