फागुन गते १ गते बिहिबारदेखि गणतान्त्रिक खेलमैदान बिजुवारमा सुरुभएको पालिका स्तरिय १२ ओैँ राष्ट्रपति रनिङ्गशिल्डमा प्यू ठान नगरपालिकाले अग्रस्थान कायम गर्दै शिल्ड जितेकोछ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका ९ वटै पालिकाहरुबाट खेलाडिहरु सहभागी थिए । खेलमा दोस्रो स्थान स्वर्गद्वारी नगरपालिका र तेस्रो सरुमारानी गाउँपालिकाले हात पारेकाछन् ।
भलिवल प्रतियोगितामा छात्र तर्फ प्रथम, द्धितिय र तृतिय क्रमश: गौमुखी गाउँपालिका,स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिका भएकाछन् भने छात्रा भलिवल तर्फ स्वर्गद्धारी नगरपालिका प्रथम,गौमुखी गाउँपालिका द्धितिय र प्यूठान नगरपालिका तृतिय हुन सफल भएको छन् ।
भलिवल प्रतियोगिताको छात्र भलिवल तर्फको उत्कृष्ट खेलाडीको रुपमा स्वर्गद्धारी नगरपालिकाका राजु सुनार सम्मानित भए । यस्तै छात्रा भलिवलको उत्कृष्ट खेलाडी पनि स्वर्गद्धारी नगरपालिकाकै तिर्सना पुन भएकी छिन् ।
यसैगरि छात्रा ज्यावलिङ्ग तर्फ स्वर्गद्धारी नगरपालिकाका फुलमाया पुन प्रथम हुन सफल भएकी छिन् भने द्धितिय मल्लरानी गाउँपालिकाकी अस्मिता परियार र तृतिय नौवहिनी गाउँपालिकाकी कल्पना खड्का हुन सफल भएकी छिन् । छात्र ज्यावलिङ्ग तर्फ सरुमारानी गाउँपालिकाका शिशिर रायमाझी प्रथम,ऐरावती गाउँपालिकाका बविन भण्डारी द्धितिय र स्वर्गद्धारी नगरपालिकाका सोजु रोकामगर तृतिय हुन सफल भएका छन् ।
सटपुट थ्रो छात्रा तर्फ स्वर्गद्धारी नगरपालिकाका मुना राना मगर प्रथम ,नौबहिनी गाउँपालिकाका विन्दु गिरी द्धितिय र प्यूठान नगरपालिकाका तारा पुन तृतिय भएका छन् भने छात्र सटपुट थ्रो तर्फ नौवहिनी गाउँपालिकाकी खेमराज घर्तिमगर प्रथम,ऐरावती गाउँपालिकाका गणेशमान रास्कोटी द्धितिय र स्वर्गद्धारी नगरपालिकाका सुशील श्रेष्ठ का साथै प्यूठान नगरपालिकाका कृतिमान सुनार भएका छन् ।
३ हजार मिटर दौड छात्रा तर्फ गौमुखी गाउँपालिकाकी अञ्जली मल्ल प्रथम,प्यूठान नगरपालिकाकी भवि पुन द्धितिय र स्वर्गद्धारी नगरपालिकाकी श्रृजना घर्तिमगर तृतिय हुन सफल भएकी छिन भने ३ हजार मिटर दौड छात्र तर्फ गौमुखी गाउँपालिकाका कुल बहादुर सुनार प्रथम ,ऐरावती गाउँपालिकाका विपिन नेपाली द्धितिय र मल्लरानी गाउँपालिकाका मधुसुदन भण्डारी तुतिय भएका छन् ।
तीन दिन सम्म सञ्चालित भलिवल , ज्यावलिङ्ग, सटपुट, त्रिपलजम्प, लङजम्प, रिलेदौड हाइजम्प,लगायतका खेलहरुमा खेलाडीहरुको रोचक प्रतिष्पर्धा भएको थियो । शनिवार सम्पन्न खेलको समापन कार्यक्रमको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले जिल्लाका सबै स्थानिय तहहरुले खेलकुद र खेलाडीको बिकासमा चासो दिएको खुसि ब्यक्त गरिन् । कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सि., प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी,झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल लगायतका अतिथिहरुले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।
शनिवार सम्पन्न कार्यक्रममा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पूर्याउने व्यक्ति ,संघ संस्थाहरुलाई कदर पत्र र सहभागी सबै पालिकालाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
१२ औं राष्ट्रपति रनिङ्गशिल्डको प्रथम बन्यो प्युठान नगरपालिका








