समय : ०२:१६ am | शनिबार , चैत्र ६ गते २०८२

प्यूठान नगरपालिकाबाट पिपिआर भ्याक्सिन बाख्रालाई निशुल्क सन्चालन

स्वर्गद्वारी अपडेट | फागुन २० गते २०७९
  सन्तोष सुनार प्युठान ।  प्युठान नगरपालिकाबाट बाख्राहरुका लागि  निशुल्क पिपि भ्याक्सिान  सेवा सन्चालन गरिएकोल छ । गर्मि मौसम सुरुभएसँगै पिपि आर रोगहवरुबाट बाख्राहरुमा देखिने  विभिन्न  समस्याहरुलाई   रोक्नका लागि पिपिआर भ्याक्सिन  लगाउन सुरु गरिएको प्युठान नगरपालिका पशुशाखा  प्रमुख गिरिराज पौडेलले जानकारी दिनुभयो । यो रोग विशेषगरी बाख्रालाइ गर्मी मौसमम देखिने   गर्दछ  ।  रोग लागेपछि  बाख्रामा एक्कासि ज्वरो आउने , पातलो  दिशा देखिने  गिजा र जिब्रोमा राता राता विविरा देखिने  नाकबाट बाक्लो सिगान  आउने लगाएतका समस्याहरु देखिने पौडेलले बतानुभयो ।प्युठान नगरपालिका   भित्र रहेका एक देखि दश वडाहरुमा चौधहजार भ्याक्सिन   लगाइने छ।  आज नगरपालिका १ वडाका धाइचौर र खैरामा  लगाइएको छ । भोलीपनि    खैरामा    लगाउने   पर्सि ३ नम्वर  वडामा लगाइने छ ।

यो पनि पढ्नुहोस्