समय : १२:२२ am | शनिबार , चैत्र ६ गते २०८२

गंगा माध्यामिक बिधालयकाविद्यार्थीमा एक्कासी बेहोस बर्बराउने ,चिच्याउने समस्या

स्वर्गद्वारी अपडेट | फागुन १६ गते २०७९
सन्तोष सुनार प्यूठान । जिल्लाको नौबहिनी ६ वाहाने बजारमा रहेको श्री गगा माध्यामिक बिधालयको विद्यार्थीमा एक्कासी बेहोस बर्बराउने ,चिच्याउने थरथर काम्ने ,, रुने जस्ता समस्या देखा परेको छ। सोहि विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने नौबहिनी गाउपालिका ६ फप्लीबास्कोटको १३ देखि १४ वर्ष उमेरकी वर्षा गीरी छात्रामा सुरुमा उक्त समस्या देखिएको विद्यालयका प्रधानाध्यापक मोहन ज्ञावली जानकारी दिए । छात्रा गीरीमा फागुन ५ गतेबाट यस्तो खालका समस्याहरु देखिन थालेको हो । गीरीलाई पढाई ुिश्रभएको तिन घण्टि अर्थात करीब १२ वनेको समयमा उत्तः प्रवृदि तथा समस्या देखिने प्रधानाध्यापक ज्ञावली बताए । उनको समस्याहरु देखेर अरु विद्यार्थीहरु आतङ्कित भएर बर्बराउने तथा बेहास हुने समस्याहरु देखा परेको विद्यालयले जनाएको छ । विद्यार्थिमा देखिएका समस्याहरु एकछिन आतङ्कित तथा चिन्ताजनक गराउने केही समयपछि सन्चो हुने गरेको विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष बल बहादुर केसि(बलेन्द्र) ले बताए । केहि विषयमा कल्पना गर्ने , डर तथा आतङ्कित सपना देख्ने र मानशिक तनावको कारण समस्याहरु देखिएको हुने सक्ने केसिले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । केसिले भने — विद्यार्थी गीरीलाई सन्चो नहुदा घरमा बस्न आग्रह गर्दा नमानी स्कूल आउछिन आएपछि केहिवेरमा समस्या देखिहाल्छ र अरु विद्यार्थीहरु डराउने , कराउने गर्दछन र पढाईमा पनि उत्तिकै समस्या परेको बताए । उनिको सम्सया कारण विद्यालयका कार्यलय सहयोगि नारायन रिजाल बेहास समेत भएका हुन । विद्यालमा कक्षा दशमा अध्ययन गर्ने दुई वटा छात्रमा , एघार मा अध्ययन गर्ने एक छात्र र कक्षा छ मा अध्ययन गर्ने एक छात्रामा पहिल्य देखि केहि हल्का रुपमा मानशिक सन्तुलमा समस्या देखिएको छ । हाल विद्यालयमा ८०० जना विद्याथीहरु र २७ जना शिक्षक शिक्षिका रहेका छन ।

यो पनि पढ्नुहोस्