समय : १२:२७ am | शनिबार , चैत्र ६ गते २०८२

जुम्रिखोलाले कटान गरेका जमिन सुरक्षित तथा वर्षायामलाई मध्यनजर गर्दै तटबन्धन सम्पन

स्वर्गद्वारी अपडेट | फागुन १५ गते २०७९
सन्तोष सुनार प्यूठान । प्युठान नगरपालिका ३ विजयनगरको सबै ठुलो जुम्री खोलाको छेउछाउमा रहेका खेतियोग्य जमिनलाई सुरक्षितको लागि तटबन्धन गरिएको छ । गत साल खोलमा आएको बाढीकारण विजयनगरको मङ्ग्राखोलाको आसपासमा रहेका खेतीयोग्य करिब २०० रोपनी भन्दा बढी जमीन कटान गरेको अबस्थामा कटान गरि बाढी भित्र खेतमा छिर्ने स्थानमा र त्यसभन्दा तल माथी ५४ मिटर तटबन्धन गर्ने काम सम्पन्न भएको प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रवक्त सुमन राज श्रेष्ठले जानकारी दिए । उक्त कार्यबाट २०० रोपनी भन्दा बढी उर्वर खेत नदि उकासभै पुन कृषि उत्पादन वृद्धिमा कृषकहरु लाभान्वित हुने वडा अध्यक्ष श्रेष्ठले बताए । तटबन्धन कार्यका लागि वडा कार्यालयबाट पहल र सिफारिसमा जलाधार व्यवस्थापन कार्यालय रोल्पाले गरेको हो ।गत स्थानिय चुनावमा विजय भएका बडा अध्यक्ष श्रेष्ठ सामाजिक कार्यमा व्यवस्थित र सुढृड तरिकाले अगाडि बढेका छन ।

यो पनि पढ्नुहोस्