समय : १०:४२ pm | शुक्रबार , चैत्र ६ गते २०८२

बालमन्दिरमा व्यवसायीक सचेतना तथा लैंगिक तालिम सम्पन्न

स्वर्गद्वारी अपडेट | फागुन १० गते २०७९
सन्तोष सुनार प्यूठान । प्यूठान नगरपालिका ३ बिजयनगर रहेको बालमन्दिर विद्ययालयमा गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम को ८ दिने व्यवसाय सचेतना सुरु तथा एक दिने लैंगिक समानता तालिम सम्पन्न गरिएको छ। तालिमले महिलालाई सफल उद्यमी बन्न अभिप्रेरित गरेको छ’ तालिममा सिप सिकेर उद्यमशिल बन्नको लागि अभिप्रेरितगरेको छ । तालीमको समापन कार्यक्रममाबोल्दै कार्यक्रमका प्रमुख अथिति प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले नयाँ उद्यम सृजना गर्ने उद्यमिलाई नगरपालिकाले प्रचारप्रसारसँगै बजारीकरणका लागि काम गर्ने आश्वासन दिदै उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गर्न नगरपालिका बताउनु भएको छ ।

त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन श्रेष्ठले परम्परागत सीप र पेशालाई रोजगारमुखी बनाउन विषय तथा विधिमा समयानुकुल परिमार्जन गर्न परिस्कृतको विशेष आवश्यक रहेको बताउनुभयो ।वडा अध्यक्ष श्रेष्ठले आफ्नो दैनिकी जीवन चलाउनका लागि सजिलो छैन । त्यसैले बेलैमा दक्षता र क्षमता भयो भने जीवन चलाउन सहज हुने बताउनु भयो । श्रेष्ठले हामीले वडा कार्यलय तथा नगरपालिकामा आएका रोजगारमुलक सिप तथा तालिमहरु प्रधान गर्छौ तपाइृहरु सक्रियका साथ सिप सिक्न तथा तालिम लिनुहोस र सोजगारमुखि भइ आत्मानिर्भर बन्न वडावासीलाई आग्रह गर्नु भयो ।

कार्यक्रम प्यूठान नगरपालिकाले आयोजना गरेकोमा नगरपालिकाको कार्यपालिकाको निर्णय बमोजिम यस आर्थिक वर्ष प्युठान नगरपालिकाको १ नम्बर वाड र ३ नम्बर वाडलाइ छनोट गरिएको हो   । कार्यक्रममा उपस्थित सहभागीलाई प्यूठान नगरपालिकाको उद्यम सहजकर्ता शाखाकी सारदा विश्वक्रमाले प्रशिक्षण दिनु भएको हो ।

यो पनि पढ्नुहोस्