समय : ०९:१५ pm | शुक्रबार , चैत्र ६ गते २०८२

    गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्षमा गिरि निर्वाचित

स्वर्गद्वारी अपडेट | फागुन ९ गते २०७९
राधिका भुसाल ,प्युठान  / गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आईतबार सम्पन्न भएको छ l दोस्रो अधिवेशन बाट  २१ समिति सदस्य निर्वाचित भएका हुन् l गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरी सर्वसम्मत रुपमा  निर्वाचित भएका छन् l त्यसै गरि प्रतापपुर गाउँपालिका नवलपरासी बाट उपाध्ययक्षमा उमेश चन्द्र यादव ,  सचिवमा  सरुमारानी गाउँपालिका प्युठानका अध्यक्ष झग बहादुर विश्वकर्मा , सह सचिवमा छात्रकोट गाउँपालिका गुल्मीबाट राम प्रसाद पाण्डेय र कोषाध्यक्षमा बङ्गलाचुली गाउँपालिका दाङ्गका अध्यक्ष तुल्सिराम पुन सुवास निर्वाचित भएका छन् l  गिरि गौमुखी गाउँपालिकाको दोस्रो पटक स्थानीय चुनावमा  निर्वाचित अध्यक्ष समेत हुन् भने   नेपालि कांग्रेसका प्युठान जिल्ला सभापति हुन् l

यो पनि पढ्नुहोस्