समय : ०९:१५ pm | शुक्रबार , चैत्र ६ गते २०८२

प्युठान महोत्सवमा तरकारी देखि फर्निचर सम्म

स्वर्गद्वारी अपडेट | फागुन ७ गते २०७९
राधिका भुसाल,प्युठान l कोरोनाका कारण ३ वर्षदेखि स्थगित भएको स्वर्गद्वारी प्युठान पाचौ  महोत्सव प्युठानको आज चौथो दिन दर्शकहरुको भिडले भरिएको छ। स्वर्गद्वारी प्युठान पाचौ महोत्सवको संस्करणमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ व्यवसायलाई प्रदर्शन स्थलहरुमा सजिएका छन्। महोत्सवमा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेकट्रोनिक, होटेल र फर्निचर गरी २ सय ५०  भन्दा बढीको संख्याको स्टलहरू रहनेकाछन्। यस्तै महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ। यस वर्षको महोत्सवमा करिब १  लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवमा ८ करोड बढीको कारोबार हुने आयोजकले अपेक्षा लिएको  छ।प्युठान  उद्योग वाणिज्य संघका महासचिव सन्देस आचार्यले भने ‘स्टलमा यहीँका उत्पादनलाई हामीले प्राथमिकता दिई बढावा गर्ने छौँ,’ उनले भने, ‘यसले कोरोनाका कारण खस्कँदै गएको व्यापार व्यवसायलाई थोरै भए पनि राहत पुग्नेछ।’ उनले बताए  ‘महोत्सवमा विभिन्न कारोबारका २ सय ५०  बढी स्टलहरु राखिनुको  साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ।’ करिब १ लाख बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ८ करोड बढी रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।  

यो पनि पढ्नुहोस्