समय : ०९:१५ pm | शुक्रबार , चैत्र ६ गते २०८२

प्रजातन्त्र दिवशमा नि:शुल्क स्वास्थ्य शिबिर

स्वर्गद्वारी अपडेट | फागुन ७ गते २०७९
केशर सुनार,प्युठान / प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस  पुन्यखोलामा प्रजातन्त्र दिबसको अवसर पारी हेमराज शर्मा स्मृति प्रतिस्ठानको मुख्य आयोजनामा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिबिर सन्चालन गरिएको छ । प्रतिस्ठानका अध्यक्ष एबम हेमराज शर्माका जेठा छोरा मुक्ती प्रसाद शर्मा को अध्यक्षतामा सन्चालन गरिएको  उक्त शिबिर आज बिहान ८ बजेदेखी साझ ५ बजेसम्म सन्चालन गरिने छ । कार्यक्रममा  लुम्बिनी प्रदेश  सांसद निमा गिरि  प्रमुख अतिथी, नगरपालिकाका नगरप्रमुख बिष्णु योगिको बिशेष आतिथ्यता रहेको थियो भने डाक्टर हरुको परिचय छाती रोग विशेषज्ञ एबम प्रतिस्ठानका सचिब नमराज शर्माले गराएका थिए ।  कार्यक्रममा नगरप्रमुख बिष्णु योगि र सांसद निमा गिरीले सुभकामना मन्तव्य राख्दै अथक क्रान्तिको प्रयासपछी प्रजातन्त्र स्थापना गर्न सकिएको र यि यस्ता समाजसेवामुलक कार्यक्रमहरु हुनुपर्ने बताएका छन । शिबिरमा छाती रोग तथा विशेषज्ञ,हाड तथा नसा रोग विशेषज्ञ,मनोरोग विशेषज्ञ,प्रसुती तथा विशेषज्ञ,बालरोग विशेषज्ञ,सामन्य चिकित्सा विशेषज्ञ,सामान्य चिकित्सा,लगायतका विभिन्न रोगका सम्बन्धित विशेषज्ञहरुबाट सेवा दिईने भएको छ । त्यस्तै विशेषज्ञ सेवाको अतिरिक्त दमको मेसिनबाट(PTF) परिक्षण, ४० बर्ष माथिका लागि चिनी रोग(सुगर) को परिक्षण,रक्तचाप परिक्षण,भि.आई.ए परिक्षण र सिलिकनको रिङ पेसरी राख्ने जस्ता विभिन्न सेवा समेत उपलब्ध गराईने भएको छ । यो समाचार तयार पारिसक्दा  उक्त शिबिरमा १ सय बढी बिरामिहरु उपस्थित भएको र स्वर्गद्वारी क्याम्पस र नेपाल स्वास्थ्य कर्मी संघ प्युठानले व्यवस्थापन सहयोग गरिरहेको हेमराज शर्मा स्मृति प्रतिस्ठानका कोषाध्यक्ष एबम कार्यक्रम सन्चालक कमल पोख्रेलले बताएका छन ।

यो पनि पढ्नुहोस्