समय : ०७:४९ pm | शुक्रबार , चैत्र ६ गते २०८२

महोत्सवको आज शनिवार तेस्रो दिन पहिलो र दास्रो दिन भन्दा बढि दोब्बर रुपले भिडभाड

स्वर्गद्वारी अपडेट | फागुन ६ गते २०७९
  सन्ताोष सुनार प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव आज तेस्रो दिन शनिबार पहिलो र दोस्रो दिन भन्दा बढि मानिसहरुको दोब्बर भिडबाड रहेको स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको सचिवलयले जानकारी दिएको छ । महोत्सवमा आज लोक दोहोरीगायक बद्री पंगेनी, सम्झना लामिछाने मगर, मोडेलअञ्जली अधिकारी र बिमल अधिकारी लगायतका कलाकारहरुको विजोड प्रस्तुति रहेको थियो । त्यसैगरी प्युठान डान्स आइडलको मेघा राउन्ड पार गर्नुभएका प्युठान नगरपालिका र झिमरुक गाउँपालिका प्रतियोगीको समेत प्रस्तुति रहेकाले प्रतियोगीले आफ्नो प्रस्तुति राखेका थिए । महोत्सवमा भोलि पशुपति शर्मा टिका प्रशाइ लेखराज गुरुङ प्रचण्ड जि सी र दिपु पुन मगर आउनुहुने भएको छ । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा ४ गतेदेखि सुरु भएको महोत्सव फागुन १४ गते सम्म चल्नेछ।

यो पनि पढ्नुहोस्