समय : ०७:५५ pm | शुक्रबार , चैत्र ६ गते २०८२

जानकी मावीको ४ कोठे नयाँ शैक्षिक भवनको नगर प्रमुख योगिद्वारा शिलान्यास

स्वर्गद्वारी अपडेट | फागुन ५ गते २०७९
सन्तोष सुनार प्युठान । नगरपालिका २ चिथिखोलामा रहेको जानकी माध्यमिक विद्यालयको ४ कोठे  नयाँ शैक्षिक  भवन को प्युठान नगरपालिका नगर प्रमुख बिष्णु बहादुर योगिद्वारा आज शुक्रवार शिलान्यास गरिएको विद्यालयका प्रधानध्यापक श्री बामदेव पा्रेखेलले जानकारी दिनुभएको छ । भवनका लागि प्यूठान नगरपालिकाको समपुरक कोषबाट पचास लाख रुपैया रकम परेको हो । शिलान्यास कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगी, नगर प्रमुखका सोकिय सचिव पुस्कर शर्मा वडा नम्वरका २का वडा अध्यक्ष क. मोहन बिष्ट , वडा सदस्य मोहन विष्ट प्यूठान नगरपालिका शिक्षा स्रोत विष्णु पोख्रेल , विद्यालयका सम्पुर्ण शिक्षकहरु , विद्यालय व्यवस्थापन समिति, विद्यार्थी तथा स्थानियवासीहरुको उपस्थित रहेको थियो । विद्यालय प्यूठान नगरपालिकाको मध्यम स्तरमा समेत परेको प्रधानध्यापक प्रोख्रेलले जानकारी दिुनुभयो । उक्त विद्यालयमा कक्षा दसका विद्यार्थीलाई पढाईको उज्वल र राम्रो नतिजा ल्याउने उदेश्यले प्रत्येक वर्षको माघ , फागुन र चैत गरी करिव तिन महिनाका लिागि होस्टेल समेत राख्दै आएको छ । पहिलेको विद्यालयको शैक्षिक भवन मोटर बाटोको छेउमा रहेको हुदा सवारी आवदजावद गर्दा विद्यार्थीका पढाईमा समस्या र विद्यार्थीहरु दुर्घटना पर्न सक्ने अनुमानले चिथिखोलको चिसोपानिबाट चिथिखोलको ददेरी स्थानमा सारीएको छ । विद्यालयमा पाच सय भन्दा माथि विद्यार्थीहरु रहेका छन । विद्यालयको स्थापना भने बि .स . २०३४ सालमा भएको हो ।

यो पनि पढ्नुहोस्