माण्डबी गाउँपालिका -३ आपचौरमा रहेको रामेश्वरी प्राथमिक बिद्यालयमा रहेका विपन्न तथा असहाय बिद्यार्थी वालवालिकाहरूलाई वडा अध्यक्ष धनेन्द्र कार्किले व्यक्तिगतरूपमा आफुले पाउने सेवासुविधा बाट १० थान पोशाक शुक्रबार हस्तान्तरण गरेको छन। बिद्यार्थीहरु स्कुल ड्रेस मै बिद्यालय जाउँन भन्ने उदेश्यले करिब १५ हजार रुपैयाँ बराबरको पोशाक खरिद गरेर विद्यार्थीलाई प्रदान गरेको अध्यक्ष कार्कीले बताए। “आफुले पाउने सेवा सुबिधाबाट प्राप्त तथा विभिन्न्न बैठकबाट पाउने भत्तालाई संकलन गरि आफुले नलिई सामाजिक कार्य, दुखी परीवारलाई सहयोग गर्दै आईरहेको कार्कीले भने।” स्थानिय तहको चुनाबको बेला आफुले पाउने सेवा सुबिधा बाट सामाजिक कार्य गर्ने उद्घोष गरेको थिए।








