लव कुमार अधिकारी
प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । प्यूठान जिल्लाका थुप्रै मनोरम प्राकृतिक दृश्य, धार्मिक शक्ति पिठ, झरनालगायतका पर्यटकीय स्थल प्रचारप्रसार अभावमा भने गुमनाम भएका छन् । जिल्लाको पर्यटन विकास र प्रवद्र्धनका लागि एकीकृत योजना नहुँदा पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको छ । प्यूठानका नौ वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको सूची बनाई पर्यटन विकास र प्रवद्र्धनका लागि एकीकृत योजना बनाउनुपर्ने हो । नौ वटै स्थानीय तहहरुले आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा पर्यटनलाई समेत प्राथमिकता राखेर सार्वजनिक हुन्छ । तर स्थानीय तहहरुले पर्यटन प्रवद्धनका लागि के–के काम गरे भन्ने थाहा हुँदैन । स्थानीय तहको कागजमा मात्र पर्यटन प्रवद्धनका सीमित भएको देख्न सकिन्छ ।
प्यूठान जिल्लामा विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु धेरै भए पनि संरक्षण र प्रचार प्रसार हुन नसक्दा पर्यटकीय स्थलहरु अझैँसम्म पनि ओझेलमा परेका हुन् । हरेक वर्षको नवमीको राति बलि चढाउने मेला लाग्ने प्यूठान नगरपालिका वडा नं. ४ मा रहेको भित्रीकोट दरबार नगर क्षेत्रको ऐतिहासिक पर्यटकीय गन्तव्य बनेको छ । जिल्लाको केन्द्र भागमा रहेको प्यूठान नगरपालिका वडा नं. ४ मा भित्रिकोट दरबार अवस्थिति छ । दरबारको पछिल्लो ऐतिहासिक पृष्ठभूमि हेर्दा राजा लटराजले १६ हजार घरधुरी भएको प्यूठान राज्यको राज्य सञ्चालन गरेका थिए । तत्कालीन समयमा चौबिसे राज्यअन्तर्गत पर्ने भित्रीकोटमा ४ जना राजाहरुले शासन गरेको इतिहास छ । सत्रौ शताब्दितिर उनीहरुले शासन गरेको बताइन्छ । हाहाचन, हुहुचन र जाडे राजाले राज्य गरेको स्थानीय जानकार बताउँछन् । राजाहरुले आफ्नो सुरक्षाका लागि दरबारको वरिपरि ढुंगाको पर्खाल लगाएको हाल सम्म पनि देख्न सकिन्छ । त्यस समयमा निर्माण गरिएका तरवार, भाला, छुपि, धनुषवाण, खुकुरी र ढुंगाहरु अहिले भने जिर्ण अवस्थामा रहेका छन् । विभिन्न आकारमा काठका बुट्टाले कुदिएर बनाएको मन्दिर छ । अन्तिम राजाको रुपमा वि.स. १८४३ मा मोतिचन्दको समय पछि नेपालमा विलय भएको इतिहास पाइन्छ । संस्कृतविद डा. गितु गिरीले लेखेको इतिहासमा चन्द वंशी राजाहरुले राज्य गरेको इतिहास छ । तत्कालिन समयमा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले आक्रमण गरेर नेपालमा गाभेका थिए ।
०७१ सालमा जिल्ला विकास समितिको सहयोगमा करिव ५ लाख लगानीमा पर्खालमाथि तारबार गरी प्रवेश गेट निर्माण गरिएको थियो । केही संरचना निर्माण भएसँगै भित्रीकोटमा पर्यटकहरु पनि देखिन थालेको स्थानीय बताउँछन् । भित्रीकोटसँगै प्यूठान नगरपालिकाभित्र थुप्रै ठाउँहरु पर्यटकीय स्थलहरु रहेका छन् । प्राकृतिक रुपमा मनमोहित बनाउने मरन्ठानाको माइसधारा, युद्ध पर्यटकीय स्थल सिस्ने लेक, भुलेनी लेक, सिद्ध गुफा, बुद्ध पार्क, वाटर फाउन्टेन जस्ता मुख्य पर्यकीय स्थलहरु छन् । प्यूठान जिल्लाको मुटु केन्द्रको रुपमा रहेको झिमरुक फाँटको छेउबाट बग्ने झिमरुक नदीले नगरपालिकाको सुन्दरतामा थप सुगन्ध भरिदिएको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाको प्रवद्र्धनका लागि नगरपालिकाले विशेष जोड गर्नुपर्ने देखिन्छ । त्यसैगरी झिमरुक फाँटको सुन्दरतालाई जोगाइराख्नका लागि नदी तटबन्दको लागि नगरपालिकाले योजनाहरु अघि सारेको देख्न सकिन्छ ।
यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा–सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । भित्रिकोट क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।
यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र नगरपालिकाले आफ्नो क्षेत्रको विकासमा सन्तुलन कायम गर्न समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । नगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य गर्नु पर्नेछ ।
नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गर्नेगरी विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नु आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना र अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस प्यूठान नगरपालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ, जसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाका रूपमा भित्रिकोट क्षेत्रलाई विकास गर्नु पर्दछ । हाल यातायातको विकास सँगसँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न जरुरी छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्ने थियो ।
लेखक रेडियो स्वर्गद्वारी एफ.एम प्यूठानका स्टेसन प्रमुख हुन् ।
पर्यटकीय गन्तव्य भित्रीकोट दरबार