समय : ०७:४९ pm | शुक्रबार , चैत्र ६ गते २०८२

प्यूठान महोत्सव सुरु

स्वर्गद्वारी अपडेट | फागुन ४ गते २०७९
सन्तोष सुनार प्यूठान ।स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव आज वििहिवारदेखी सुरु भएको छ। महोत्सवको उदघाटन लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्नु भएको हो । मुख्यमन्त्रि गिरीले देशमा देखिएको समस्यालाई तिन महिनामा समाधान गर्ने दाबि गर्नु भएको छ । गिरिले बाग्दुला  भिमगिठे सडकको निर्माण प्रकियामा  लैजाने पहल गरेको समेत बताउनु भएको छ ।निर्यात भन्दा आयात बढि हुँदा अर्थतन्त्र सङ्कटपरेको गिरीले बताउनु भएको थियो ।उहाँले मुलुक रेमिटेन्सको भरमा चलेको बताउँदै आत्मनिर्भर हुने गरी कृषि तथा पर्यटन क्षेत्रको बिकास गर्न प्रदेश सरकारले निती बनाउन लागेको जानकारी दिनुभएको   छ । किसान,उद्योगीका पक्षमा प्रदेश सरकारले काम गर्ने मुख्यमन्त्री गिरीले प्रतिवद्वता गर्नु भएको हो । लुम्विनी प्रदेशकै ठूलो नौमुरे जलविद्युत आयोजनालाई अगाडि बढाउने र धार्मिकस्थल स्वर्गद्वारीको विकासमा समेत सरकारले द्यान दिने गिरीको प्रतिवद्वता छ। उहाँले किसानको उत्पादन  बढाउने गरी प्रदेश तथा स्थानिय सरकार र निजि क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सम्बोधन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री तुलसिराम शर्माले जिल्लाको कला, संस्कृतिको संरक्षण र संवर्द्धनसँगै दिगो विकास र व्यवसायमा यस्ता महोत्सवले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लामा विभिन्न पार्टीका नेताहरु, जनप्रतिनिधि, व्यवसायीहरुले आ-आफ्नो धारणा राखेका थिए । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ। उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका दुई सय ५० स्टल रहेको महोत्सवबाट आठ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिनुभयो ।  

यो पनि पढ्नुहोस्