समय : ०७:५५ pm | शुक्रबार , चैत्र ६ गते २०८२

सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग

स्वर्गद्वारी अपडेट | फागुन ३ गते २०७९
स्वर्गद्वारी अपडेट l सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ।कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ।तर माण्डबी गाउँपालिकामा भने यो नियमको पालना भएको पाइँदैन । माण्डबी गाउँपालिकाले नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन बुधवार कर्मचारीको बनभोजमा  मोटरसाइकल र जिप दुरुपयोग भएको पाइएको हो।यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ।लुम्बिनी प्रदेश सरकारले बुधबार प्रदेश स्थापना भएकाले सार्वजनिक बिदा दिएको थियो। बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि चलाए पनि पास लिनु पर्ने हो।माण्डबी गाउँपालिको प्रमुख प्रसासकिय अधिकृतले भने–“आफ्नो पालिका भित्र कुनै पास चाहिदैन,जुन बेला पनि चलाउन सकिन्छ तर जिल्ला भन्दा बाहिर जादा जिल्ला प्रसासन कार्यालयको पास भने आवस्यक पर्ने बताए।” आज एकछिन गाडी प्रयोग गरेर दुरुपयोग भयो जस्तो त लाग्दैन प्रमुख प्रसासकिय पाण्डेले बताए।” तर माण्डबी गाउँपालिकाको उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले भने ३ दिन अघि मात्र आफ्नो कार्यतालिका सार्वजनिक गर्दै सार्वजनिक बिदाको दिनमा सरकारी साधन प्र्योग नगर्ने बताएका छन् । बुधबार जिल्ला प्रसासन कार्यालयमा सरकारी गाडी प्रयोग गर्ने सम्बन्धमा अनुमति नलिएको जिल्ला प्रसासन कार्यालय प्युठानका सहायक प्रमुख मेघराज सोनीले बताए ।  

यो पनि पढ्नुहोस्