समय : ०६:१५ pm | शुक्रबार , चैत्र ६ गते २०८२

मेयर र उपमेयरले बिद्यालय सफा गर्दै

स्वर्गद्वारी अपडेट | माघ २८ गते २०७९
सन्तोष सुनार  प्युठान l झट्ट हेर्दा सिनेमाका पर्दा भित्र देखिने तस्बिर अर्थात् अभिनय मार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले  बनाएका शन्देस मुलक सुचनाहरु l शनिबार स्वर्गद्वारी नगरपालिकाले  आयोजना गरेको एकीकृत घुम्ती स्वास्थ्य परिक्षण शिविरमा कैद गरेको तस्बिरहरु यी हुन् lस्वर्गद्वारी नगरपालिका वडा नः २ स्थित बाल माध्यमिक बिद्यालय खालमा हुन लागेको स्वास्थ्य  शिविरमा स्वर्गद्वारी नगरपालिका नगर प्रमुख टेक प्रसाद भण्डारी र उममेयर मिनराज रानाले बिद्यालय सरसफाई गर्दै थिए l बिद्यालयमा रहेका कक्षा कोठाहरु  फोहोर देखेर आफै सरसफाइ गरेको नगर प्रमुख भण्डारीले बताए l “बिद्यालय आफैमा सरसफाइ हुनु पर्ने हो तर यहाँ संयोग बस आजै स्वास्थ्यमा शिबिर हुन लागेको हुदाँ हामीले कक्षा कोठा फोहोर देखे पछि उपमेयर र स्वास्थ्य शिबिर टोलीले  सरसफाई  गरेको प्रमुख भण्डारीले भने l  

यो पनि पढ्नुहोस्